नेपाली चलचित्र उद्योगमा करिश्मा मानन्धर लामो समयसम्म छाइरहनुको रहस्य के हुनसक्छ ? विश्लेषकहरूले उनको अभिनयलाई यसको प्रमुख कारण मानेका छैनन् । त्यसोभए उनी कुन कारणले दुई दशकसम्म नेपाली दर्शकको मनमा बस्न सकिन् ? करिश्मासँग लामो संगत गरेका फोटोग्राफर राजीव श्रेष्ठको विचारमा सौन्दर्यलाई मेन्टन गर्न सक्नु उनी चलचित्र उद्योगमा टिक्नुको प्रमुख कारण हो । 'करिश्मा व्यावहारिक रूपमा सरल छिन् । अभिनय पनि राम्रो छ ।' श्रेष्ठ भन्छन्, 'यद्यपि प्रमुख कारण भनेको उनको सौन्दर्य नै हो ।' १४ वर्षकै उमेरमा नेपाली चलचित्रमा प्रवेश गरेर आफ्नो छुट्टै इतिहास बनाउन सफल नायिका करिश्मा मानन्धर चलचित्र सन्तानबाट उदाएकी हुन् । दर्जनौं सफल चलचित्र दि
एर सबैकी पि्रय बनेकी नायिका करिश्मा झन्डै चार दशककी हुँदा पनि उत्तिकै सुन्दर देखिन्छिन् । उमेर ढल्कदै गए पनि, टिनएजर छोरीकी आमा भैसके पनि उत्तिकै सुन्दर देखिनुको रहस्यलाई करिश्माले नारीसँग सेयर गरिन् । लिप सुटिङमा जाने बेलामा लिप मेकअपअघि अलिकति भिक्स लगाउँछु । प्रायः म लिप लाइनिङ गरी ग्लस लगाउँछु । ब्राउन र पिंक कलरको लिपिस्टिकमा खुलेको महसुस हुन्छ । पहिरनअनुसार कलर सेट गर्छु । कुनै-कुनै बेला डार्क लुक मनपर्छ भने कहिलेकाहीँ ग्लस मात्र पनि लगाउँछु । क्याजुअल वेयरमा हल्का लिप लाइनिङ गरी ग्लस लाउँछु । साँझका लागि भने डार्क लिपिस्टिक राम्रो लाग्छ । लिपिस्टिकका लागि यही नै ब्रान्ड चाहिन्छ भन्ने छैन । धेरैजसो लिपिस्टिक उपहारका रूपमा आउँछ । मेरो अनुहारमा लिपिस्टिक नै बढी खुलेको महसुस हुन्छ ।हेयर म सानैदेखि केशको स्याहार गर्थें । अनुहार जति सुन्दर भए पनि केश रुखो देखियो भने सुन्दरता गुमेजस्तो लाग्छ । अमेरिकामा ब्युटी सप्लाइमा काम गर्दा प्राकृतिक रिठ्ठा, अमला, तोरी केशका लागि राम्रो हुन्छ भन्ने तथ्य थाहा पाएँ । अहिले म केशमा अमलाको तेल लगाउँछु । हप्तामा ३ पटक रेगुलर नुहाउँछु । त्यसमा पनि कहिले तोरी, कहिले नरिवल त कहिले अमलाको तेल लगाई हेड मसाज गरेर नुहाउँछु । स्टिममा पनि तेल मसाज गरेर जान्छु । म हेयर कलर गरिरहनुपर्ने मानिस हुँ । त्यसैले हेयर केयर एकदम आवश्यक छ । समय-समयमा रिठ्ठा र अमलाको धूलोको प्याक लगाएर केश धुन्छु । अमेरिकामा हेड एण्ड सोल्जर र पेन्टिन स्याम्पु प्रयोग गथेर्ं भने नेपालमा सनसिल्क प्रयोग गर्दै आएकी छु । कन्डिसनर मसाज भने म समय लगाएर गर्छु, जसले केशलाई मुलायम बनाउनुका साथै साइनिङ प्रदान गर्छ । म धेरै कलरले केशलाई रंगाउँछु । तैपनि धेरैजसो ब्लन्डले हाइलाइट गर्छु । म बढी कर्ल गर्छु र हरेक वर्ष पर्म गराउँछु । आँखा मानिसको पहिलो आकर्षण नै आँखा हो । नायिका भएकीले आँखाको सौन्दर्य बढाउनु आवश्यक थियो । म मेकअप गर्दा पहिलो प्राथमिकता आँखालाई नै दिन्छु । केही वर्षयता म धेरै गाजल लगाउन थालेकी छु । पहिले आँखाको बाहिर ब्राउन कलर लगाई भित्र सिल्भर कलरले हाइलाइट गथेर्ं तर अहिले गाजल नलगाई चित्तै बुझ्दैन । सुटिङ र पार्टीतिर आइलाइसेस लगाएर जान्छु । आइलाइसेस लगाउँदा आँखामा आकर्षण थपिएको महसुस हुन्छ । मसँग धेरै कलरका लेन्स छन् । त्यसमा पनि बढी मार्बल ग्रे र ओभ ब्राउनका लेन्स लगाउँछु । कहिलेकाहीँ नीलो लेन्स पनि लगाउँछु तर त्यो त्यति मन पर्दैन । फोटोसेसनमा भने लेन्स लगाएकै हुन्छु । म ब्राउन कलरको आइस्याडो बढी लगाउँछु । त्यसमा पनि मिक्स गरी लगाउन मनलाग्छ । राति पार्टीमा जाँदा गोल्डेन तथा सिल्भर कम्बिनेसनको आइस्याडो लगाउँछु । आइब्रो पहिले हप्तैपिच्छे मिलाउँथें तर अब आइस्याडो मिलाउँदिन । मेरो विचारमा आँखाको सौन्दर्य कायम राख्न निद्राको मुख्य भूमिका हुन्छ । समय-समयमा चिसो पानीले आँखा धुन्छु । आँखालाई धेरै कुराले असर गरिरहेको हुन्छ । चिन्ता हुँदा, रुँदा, घाममा बढी हिँड्दा तथा कडा लाइटले आँखालाई असर पारिरहेको हुन्छ । त्यसका लागि धेरै सुत्नुपर्छ । म मस्कारा पनि लाउँछु । वाटर प्रुफ मस्कारा मेरो छनौटमा पर्छ । मैले आजसम्म कुनै पनि औषधि खाएकी छैन तर आँखामा भने रेडनेस रिमुवर आइड्रप भने लगाउँदै आएकी छु । चलचित्रमा ग्लिसिरिन हालेर रुँदा एलर्जी हुने र आँखा रातो हुने भएकाले रेडनेस रिमुवर आइड्रप प्रयोग गरेकी थिएँ । म आँखाको मेकअपअघि सधै आइड्रप लगाउँछु । स्किन उमेर बढ्दै गएपछि शरीरमा विभिन्न रोग लाग्नु, स्किनमा दाग, रिंकल आदि आउनु स्वाभाविक हो तर केही समय मात्र शरीर र स्किनका लागि दियौं भने स्वस्थ र सुन्दर रहन सकिन्छ । म स्किन केयरका मामिलामा निकै कमजोर छु । मोस्चराइजर एकदम आवश्यक हुने भएकाले मोस्चराइजर भने मज्जाले लगाउँछु । म पानी बढी मात्रामा पिउँछु । फलफूल पनि धेरै नै खान्छु । गाजर, काँक्रो, स्याउ, अनार, अम्बा, मेवा, मुला, अंगुर आदि नियमित खान्छु । सायद त्यसले पनि छालाको सुन्दरता कायम राख्न सहयोग गरेको हुनुपर्छ । दिनमा तीन, चार पटक मुख भिजाउँछु जसबाट अनुहारले स्टिम पाउँछ । बिरुवालाई पानी दिएजस्तै हाम्रो स्किनलाई पनि पानी आवश्यक हुन्छ । मसँग सधै बेसार, दाल तथा बेसनको मिक्स हुन्छ । मैले कहिल्यै फेसवासले मुख धोइन, यही मिक्स लगाएर अनुहार धुन्छु । अनुहार धुनासाथ मोस्चराइजर लगाउँछु । राति मेकअप पुछ्न क्लिन्जिङ मिल्क प्रयोग गरे पनि सफा पानीले अनुहार धोइहाल्छु । हातखुट्टा अन्डर आर्मसका लागि वाक्स गर्छु, खुट्टामा भने स्कर्ट लगाउनुपर्दा मात्र वाक्स गर्छु । मेरो हातमा भने रौं छैन त्यसैले केही गर्नु पर्दैन । हातखुट्टाका लागि मोस्चराइजर बडी लोसन प्रयोग गर्छु । म छुट्टै सनस्किन लगाउँदिन, एसपीएफ १५ लेखिएको मोइस्चराइजर प्रयोग गर्छु । पार्टीतिर जाँदा भने हल्का फाउन्डेसन र कम्प्याक्ट लगाउँछु । सौन्दर्य चिन्ताले मानिसको ८० प्रतिशत सौन्दर्य घटाउँछ । खुसी हुँदा हार्माेनले पोजिटिभ रोल खेलिरहेको हुन्छ । पहाडतिर अर्गानिक खाना पाइन्छ, वातावरण राम्रो छ तैपनि चिन्ताले २४-२५ वर्षकै उमेरमा चाउरी पर्ने, चायाँ पर्ने समस्या देखिन्छ । यदि चिन्ता छैन भने सुन्दरता पनि कायम रहन्छ । हाँसिरहने व्यक्तिको अनुहारमा सधैं ग्लो छाउँछ । त्यसैले म त भन्छु भरसक कम संवेदनशील बनौं । कुनै पनि समस्याको समाधान अवश्य हुन्छ पहिरनक्याजुअल वेयरमा जिन्स नै मनपर्छ । मानिसको पहिलो इम्प्रेसन उनको लबाइ अर्थात् आउटलुकमा हुन्छ । जाने ठाउँ हेरेर मेरो पहिरन छनौट हुन्छ । बाहिर त्यत्तिकै हिँड्दा क्याजुअल नै मनपर्छ । जिन्स, स्कर्ट, हाफ पाइन्ट, वान पिस स्कर्टहरू बढी लगाइरहेकी हुन्छु । मन्दिर जाँदा साडी वा कुर्ता लगाउँछु । एवार्ड प्रोग्रामतिर जाँदा गाउन वा साडी मेरो च्वाइसमा पर्छ । पहिरनका साथमा कलरलाई पनि त्यत्तिकै ध्यान दिन्छु । सामाजिक प्रोग्राममा जाँदा सेतो, खैरो, खरानी तथा घिउ रंगका साडी रुचाउँछु । आइटडोर पिकनिकतिर जाँदा भने कलरफूल समरी ड्रेस मनपर्छ । पिकनिकका लागि स्कर्ट वा जिन्स मनपर्छ । ओपन भए पनि म सभ्यता झल्कने खालका पहिरनलाई प्राथमिकता दिन्छु । म कहिल्यै नाइटी लगाउँदिन । नाइटी मलाई सबैभन्दा मन नपर्ने पहिरन हो । घरमा ट्राउजर, जम्पर वा हाफ पाइन्ट लगाउँछु । हरेक किसिमको पहिरनमा हिँडे पनि मलाई साडी सबैभन्दा मनपर्ने पहिरन हो । मलाई बढी इम्ब्रोइडरी गरिएको साडी मनपर्दैन ।जुत्ता मलाई हिल जुत्ता मनपर्छ । समय र फेसनअनुसार जुत्ताको हिलमा धेरै चेन्ज आएको छ । मसँग सयौं जोर हिल जुत्ताको कलेक्सन छ । पहिरनअनुसार जुत्ता मिलाउनैपर्यो । हरेक पहिरनमा हिल लगाएपछि मात्र त्यसले पूर्णता पाएजस्तो लाग्छ । बाहिर बस्दा फ्लाट लाउने चलन बढ्यो । अमेरिकामा टाइट ट्राउजरमाथि स्वेटर, जम्पर र फ्लाट बुट बढी लगाउँथें । त्यसले मलाई स्मार्ट लुक र सजिलो महसुस गराउँछ तर म जति पटक नेपाल आएँ, हिल नै लगाउन मनपराउँछु । मसँग हरेक रंगका बुट र हिल जुत्ता छन् । बुट हाई हिलमा बढी छ जुन आजको फेसन पनि हो । मलाई गुचीको प्लानेट लेदरको बुट बढी मनपर्छ ।एसेसरिजमसँग औंठी, माला, बेल्ट, ह्याट, रिंग, टप आदिको राम्रै कलेक्सन छ । त्यसमा पनि औंठीको सबैभन्दा बढी होला । म जहाँ गए पनि औंठीचाहिँ किनिहाल्छु । औंठीमा पनि ठूलो औंठीको त क्रेजी नै हुँ । मसँग हरेक रंगका विभिन्न डिजाइनका औंठी छन् । रत्न, मुगा, पन्ना, सुन, हीरा, मोतीदेखि कस्टुम औंठीहरूको भण्डारै छ । अरू एसेसरिज त्यति नलगाए पनि औंठी फेरि-फेरि लगाउनु मेरो पुरानो सौख हो । म घाँटीमा भने केही लगाउँदिन । प्रायः घाँटीमा सिक्रीमा बज्र राखेको माला मात्र लगाउँछु । खास भन्ने हो भने घाँटीमा माला लगाउँदा मलाई डिस्टर्ब महसुस हुन्छ । मालाहरू नलगाए पनि त्यसको कलेक्सन भने मन पराउँछु । कानमा भने सानो टप लगाउन मनलाग्छ । टप भने मोतीकै मनपर्छ । मसँग मोतीका अनेक रंगका टप र रिंग छन् । मलाई सुनका गहना भने त्यति मनपर्दैनन् । लगाउनैपर्दा मात्र लगाउँछु । बरु कस्टुम ज्वेलरीमा राइन्स स्टोन मनपर्छ जसले रिच र चम्किलो देखाउँछ । चुरा भने साडी लगाउँदा मात्र लगाउँछु । अरू पहिरनमा चुरा लगाउँदिन । मसँग ब्रान्डेड घडीभन्दा फेसनेबल घडी बढी छन् । पहिरनसँग मिल्ने रंग र डिजाइनका घडीहरू मनपर्छन् । एसेसरिजमा चस्माहरू पनि साह्रै मनपर्छन् । चस्मा भने ब्रान्डेड नै लाउँछु । मलाई कालो, सेतो र पिंक कलरको चस्मा मनपर्छ । मसँग प्रायः गुची र पुलिसका चस्मा छन् साथै इटालियन चस्माहरूको कलेक्सन पनि छ । मलाई अर्काे मनपर्ने एसेसरिज हो-ह्याट । मसँग समर र विन्टर दुवै मौसमलाई मिल्ने डिजाइन र कलरका फेसनेबल ह्याट छन् । स्कार्फ भने पहिरनअनुसार समरमा बढी लगाउँछु । स्कार्फले आफैलाई स्मार्ट बनाएको महसुस हुन्छ । मसँग एक धोक्रो विग छ । मलाई नेचुरल लुक दिने विग मनपर्छ । म विभिन्न कार्यक्रममा विग लगाएर जान्छु तर कसैले थाहा पाउँदैनन् ।फिटनेसको रहस्य बिहान एक्सरसाइज गर्छु । गुरु विकासानन्दले मलाई आँखाको ध्यान गर्न सिकाउनुभएको छ । जुन म नियमित गर्न थालेकी छु । हरेक बिहान १० मिनेट म्युजिक बजाएर नाच्छु । एक्सरसाइज र योग अल्टरनेटमा गर्छु । रामदेवका केही योग, नमस्ते योग, सूर्य नमस्ते गर्छु भने ट्रेटबेल, टि्वस्टिङ गर्छु । पेट मोटाएकाले यी एक्सरसाइजहरू जरुरी भएको छ । धेरै खाने भएकाले हो कि छोरी पाएपछि म धेरै मोटाएकी छु । मायोनेज, कोक, फेन्टा केही खान्न । म मोटाएँ भनेर एकैपटक होइन विस्तारै शरीर घटाउन चाहन्छु । एकैपटक घटायो भने त्यसको दीर्घकालीन परिणाम राम्रो हुँदैन । ३-४ महिना नेपाल बस्दा जम्मा २ किलो घटाएँ । अहिले म डाइटिङ गर्दिन । नखाई-नखाई वजन घटाउनु राम्रो होइन । अमेरिका जानुअघि म जिरो साइजकी थिएँ । अहिले २-३ साइजकी भैसकें । म मोटी होइन हेल्दी हुनुपर्छ भन्ने मान्यता राख्छु । पहिले स्लिम थिएँ, तर त्यो सही थियो जस्तो लाग्दैन । त्यतिबेला यति डाइटिङ गर्थें कि पसिना खलखल आउने, लड्ने घटना त कति हुन्थे कति । म फिट रहन ब्राउन राइस खान्छु । एक छाक मकै, भटमास र गहुँको पीठो मिसाएर बनाएको रोटी खान्छु । स्वस्थ रहन एक दिनमा एक माना गाईको दूध पिउँछु । गेडागुडी पनि खाइरहन्छु । बेलुका प्रोटिनयुक्त खाना खान्न । बिहान राजा-महाराजाको जस्तो र राति माग्नेको जस्तो खानुपर्छ भन्ने भनाइ नै छ । फलफूल सबै मनपर्छ । मेवा नमीठो लागे पनि बढी खान्छु तर आँप भने खान्न । आँप खाँदा मुखमा एलर्जी हुन्छ । म धेरैजसो माछा खान्छु । मलाई सी-फुड साह्रै मनपर्छ । माछा र सी-फुडले स्किनलाई पनि राम्रो बनाउँछ ।पूजापाठमा आस्थाम गणेश र देवीको नियमित पूजा गर्छु । म भगवान्प्रति निकै आस्था राख्छु । प्रत्येक शनिबार शनिको जप गर्छु । मलाई केका लागि कुन जप गर्ने भन्ने ज्ञान छ । मन्त्र पढेर जप गर्छु, जसले मनमा रहेको खराबीलाई बाहिर निकाल्छ । मनलाई शान्त र स्वस्थ बनाउनसहयोग गर्छ । खाना र पाककला आलुका परिकारहरू निकै मनपर्छन् । सानो छँदा मम्मीले पकाएको आलुको तरकारी र अचारको स्वाद अझै जिब्रोमा आउँछ । नायिका भएपछि डाइटिङ गरे पनि आलु भने मेरो डाइटिङको लिस्टमा परेन । पहिलेदेखि नै नाङलोको चाइनिज रुमको स्वाद मनपथ्र्यो । त्यसमा मलाई मनपर्ने परिकार मःम नै थियो । मलाई स्टिम भन्दा पानीमा डुबाएर पकाएको मःम मनपर्छ । अमेरिकामा नियमित पकाए पनि यहाँ भने कहिलेकाहीँ मात्र पकाउँछु । विनोदलाई आफूले पकाएको मात्र मीठो लाग्छ । अमेरिका र नेपाल जहाँ भए पनि एकछाक साग त खानैपर्छ । दाल सधै खानुपर्छ भन्ने छैन । एकछाक भेजिटेबल सुप पिउँछु जसमा मुला, रामतोरिया, गोलभेंडा आदि मौसमी तरकारी राखेर पकाउँछु । मःम पनि मीठै बनाउँछु । अमेरिकामा मैले बनाएको मःमको सबैले प्रशंसा गर्थे । छोरी साथमा हुँदा भने ममा पकाउने उत्साह बढ्छ ।स्वप्नघर म सानैदेखि सानो, चिटिक्क परेको, साधारण घर होस् भन्ने चाहन्थें । अहिलेको हाम्रो गोदावरीको घर घरभन्दा बढी स्टुडियो भैसक्यो । साँचो भन्नुपर्दा स्टुडियोको परिकल्पनामै यो घरको निर्माण भएको हो । प्रायः सुटिङ भैरहने हुँदा यहाँ मानिसको आवत-जावत एवं हो-हल्ला बढी हुन्छ, मेन्टेन त्यति भएको छैन । हामीले यो घरलाई त्यति व्यवस्थित बनाउन पाएका छैनौं । अर्काे वर्ष विनोदले मैले कल्पना गरेजस्तो स्वप्न घर बनाइदिने कुरा गर्नुभएको छ । मलाई लाग्छ घर सानो भए पनि बगैंचा ठूलो हुनुपर्छ र त्यो घर रूखैरूखले घेरिएको होस् । मलाई घरमा धेरै सरसामान मनपर्दैनन् । ठूलो लिभिङ रुम, स-सानो तर चिटिक्क परेको बेडरुम, मोडुलर किचेन, डाइनिङसहित छोरी र मेरा लागि लुगा राख्ने कोठा होस् । मलाई धेरै तल्लाको घर मनपर्दैन । तल-माथि गर्नै नपरोस् जस्तो लाग्छ । बगैंचामा रुख, फलफूल, तरकारी आदि रोपिएको हुनुपर्छ । कुकुर मन परे पनि पाल्न भने मन लाग्दैन । मैले धेरै कुकुरको नराम्रो अन्त्य देखेकी छु । कुकुरको सम्बन्ध मानिसहरूको भावनासँग निकै नजिक हुन्छ । यद्यपि विनोद र छोरीलाई कुकुर मनपर्ने भएकाले पालेकी छु । खरायो भने २ सय वटा पालेका छौं । दिक्क लाग्दा खरायो वा कुकुरसँग खेल्दा पनि रमाइलो हुन्छ । मेरो बगैंचामा कुखुरा, हाँस, मैना आदि धेरै चरा छन् । बगैंचामा मौसमअनुसारका अम्बा, आरु, मेवा, सुन्तला आदि फलहरू फल्छन् । हामी आफ्नो घरमा पालेका कुखुरा, हाँस वा खरायो कसैको मासु खाँदैनौं ।भगवान्कै देन हो, विनोदविनोद मानन्धरलाई श्रीमान्का रूपमा पाउनुलाई म निकै ठूलो भाग्य मान्छु । उहाँ हरेक एंगलबाट परफेक्ट श्रीमान् हुनुहुन्छ । उहाँले मलाई हरेक कुरा र ठाउँमा सपोर्ट गर्नुभएको छ, सम्हाल्नुभएको छ । उहाँ श्रीमान्का साथमा बेस्ट फ्रेन्ड पनि हो । हाम्रो सम्बन्ध आफैमा परफेक्ट छ । हाम्रो सम्बन्ध कसैले केही कुरा काट्दैमा लरबरिने सम्बन्ध होइन । करिश्मा मानन्धर हुनुमा उहाँकै ठूलो हात छ । विनोद मेरा लागि भगवान्ले पठाएको अनुपम वरदान जस्तै लाग्छ ।छोरी कविता म चलचित्रमा चर्चित हुँदाको समय १९९४ मा कविता जन्मिएकी हुन् । मलाई बालबच्चा असाध्यै मनपर्छन् तर चलचित्रमै व्यस्त भैरहेकाले फुर्सदै भएन । अरू काममा लागेको भए धेरै सन्तान पाउँथें होला । आफ्नो शरीरमा भएको चीज संसारमा आउनु आफैमा रमाइलो अनुभूति हो । यो एउटा मदहोस गर्ने क्षण पनि हो । कविता जन्मिएपछि राति हस्पिटलमा उठेर उनलाई हेरिरहन्थें । कवितालाई मैले टिचिङ हस्पिटलमा पाएकी हुँ । म कुनै पनि हालतमा नेचुरल बर्थ गराउने पक्षमा थिएँ । म बच्चा पाउँदाको अनुभव गर्न चाहन्थें । अहिले त यस्तो लाग्छ म जे गर्छु छोरीकै लागि गर्छु । छोरी रक गायिका बन्ने धुनमा छिन् । उनलाई जे इच्छा छ त्यही बन्न सहयोग गर्छु । मेरी आमामेरी आमा एकदम साहसी हुनुहुन्छ । आमाले गर्दा नै ममा आँट र साहस बढेको हो । बुवालाई मैले देखेकै छैन । सानीआमा ल्याएपछि म र आमा छुट्टै बस्न थालेका हौं । पछि बुवा बित्नुभयो । मलाई आमा र बुवा दुवैको माया दिएर आजको ठाउँसम्म पुर्याउने मेरी आमा नै हुनुहुन्छ । उहाँ एक्लै बस्नुहुन्छ । ७-८ दिनमा एकपटक भेट्न आउनुहुन्छ । मलाई पनि उहाँजस्तै साहसी हुने इच्छा छ । मलाई आमाले बनाएको खसीको कबाफ मनपर्छ ।सासू-ससुराभन्दा आमाबुवाम उहाँहरूजस्ता सासू-ससुरा पाएर भाग्यमानी छु । विनोदले घरमा नभनी अन्तर्जातीय विवाह गरेकोमा उहाँहरूको आपत्ति थियो होला तर उहाँहरूले मप्रति छोरीको जस्तो व्यवहार गर्नुभयो । मलाई मेरी आमा भन्दा बढी उहाँहरूले बुझ्नुहुन्छ । उहाँहरूको एउटै चाहना म, विनोद र छोरी एकै ठाउँमा बसून् भन्ने छ । अब चाँडै नै उहाँहरूको इच्छाअनुसार सँगै बस्ने सोच छ ।अहिले केमा व्यस्त हुनुहुन्छ ?केही महिनाका लागि मात्र नेपाल आएकीले बढी समय कार्यक्रम र फोटोसेसनमै व्यस्त छु । यही समयमा बसमा छैन मेरो मन चलचित्रमा अतिथिको भूमिकामा पनि अभिनय गर्न भ्याएकी छु ।अहिले नेपालमा के-कस्तो परिवर्तन पाउनुभयो ?थुप्रै परिवर्तन पाएँ । मलहरू पनि धेरै थपिएका छन्, ट्राफिक धेरै बढेको छ । अरू नराम्रा पक्ष पनि धेरै नै बढेको पाएँ । यद्यपि नेपालमा भएको सञ्चारमाध्यमको विकासबाट म निकै खुसी छु ।विदेशमा नेपाल सम्झेर कहिल्यै रुनुभएको छ ?रुनु राम्रो कुरा हो । अवश्य, म पनि आफ्नो देश र परिवारलाई मिस गरेर रुन्छु ।तपाईंको सुन्दरताको रहस्य ?खुसी मानिस सधै सुन्दर देखिन्छ । ६ वर्षभित्रमा धेरै कुराको उतारचढावले गर्दा मेरा आँखा हाँसेनन् कि जस्तो लाग्थ्यो । भरसक खुसी हुन खोज्थें र हाँसिरहन्थें । पैसा, माया र परिवारमध्ये पहिलो प्राथमिकता कसलाई दिनुहुन्छ ?माया नभई केही हुँदैन । यदि माया छ भने पैसा पनि आउँछ, परिवार पनि बन्छ ।दुःखको क्षणमा कसको साथ चाहनुहुन्छ ?विनोद, मम्मी र बहिनीको साथ खोज्छु ।मेकअप कत्तिको गर्नुहुन्छ ?विदेश जाँदा मात्र म कत्तिको मेकअप गर्छु भन्ने महसुस भयो । नेपालमा रहँदा म धेरै नै मेकअप गर्थंें तर त्यहाँ त्यसरी मेकअप गर्दा पुतलीझैं देखियो । त्यही भएर कम गर्दै गएँ । नेपालमा आउँदा भने फेरि धेरै नै मेकअप गर्न थालें । हाम्रो करियरमा सुन्दर देखिन पनि मेकअप गर्नुपर्ने रहेछ ।पुरुषको कुन प्रवृत्तिबाट दिक्क हुनुहुन्छ ?महिलाको भावनासँग खेल्ने र बितेको कुरालाई अघि ल्याएर दुःख दिने प्रवृत्तिबाट ।तपाईंको कमजोरी ?छिट्टै घुलमिल भएर अरूजस्तै बन्न खोज्छु । नायिका नहुनुभएको भए ?फेसनको ससारतिरै हुन्थें होला ।केबाट आत्मसन्तुष्टि मिल्छ ?अभिनयबाट ।तपाईंका बारेमा दर्शकले थाहा नपाएको कुरा ?धेरै सुत्ने ।अभिनयबाहेक के-केमा रुचि छ ?चलचित्र हेर्ने, संगीत सुन्ने, सपिङ, साथीभाइहरूसँग घुमघाम ।भविष्यको योजना ?कवितालाई प्लस टु पढ्न बाहिर पठाएर हामी बूढाबूढी नेपालमै बसेर चलचित्र क्षेत्रमा अघि बढ्ने ।जीवन के हो ?एकपटकको अवसर हो ।अमेरिका बस्दाको अनुभव ?नेपालमा म परिवार एवं दर्शक सुरक्षा घेराभित्र थिएँ तर बाहिर मैले अलिकता कालो पक्ष देखें । धेरै कुराको अनुभव गर्ने अवसर पाएँ । यदि सुरक्षात्मक घेरा छैन भने भीडमा हराएको जस्तो हुन्छ ।तपाईंको नामको अर्थ ?चमत्कार, विदेशमा पनि नाम राम्रो छ भन्छन् । म यसलाई ग्ल्यामरस नाम मान्छु ।बाल्यकालमै पाएको सफलताको रहस्य ?चौध वर्षमै यो क्षेत्रमा आएँ र सफल पनि भएँ । भाग्यमानी छु । भगवान्ले सबैलाई एकपटक अवसर दिनुहुन्छ तर धैर्य गर्न सक्नुपर्छ ।नेपाली महिलाहरू पछि परेजस्तो लाग्दैन ?समग्रमा हेर्ने हो भने धेरै पछाडि छन् । धेरैलाई झाडा-पखाला लाग्दा के गर्नुपर्छ भन्ने कुरा पनि थाहा छैन ।जीवनमा सिकेको पाठ ?सबैलाई विश्वास नगरौं । हरेक मानिसको सोचाई फरक हुन्छ । मानिस चिनेर मात्र संगत गरौं ।बाहिर जाँदा कहिले नछुट्ने कुरा ?पानीको बोतल र ड्राइभिङ लाइसेन्स ।नेपाली गीत कत्तिको सुन्नुहुन्छ ?अमेरिका गएपछि धेरै सुन्न थालें । दीपक बज्राचार्य, नवीन के भट्टराई, सविन राई, १९७४ एडी र त्रिकाल समूहका गीत मनपर्छन् ।ऐनामा हेर्दा आफ्नो कुन अरूलाई बढी ध्यान दिनुहुन्छ ?आँखा ।मोबाइल कुन प्रयोजनका लागि बोक्नुहुन्छ ?सम्पर्कका लागि । म फोन पर्सन भने होइन ।सबैभन्दा मीठो के पकाउनुहुन्छ ?मःम, चिकेन चिल्ली अनि खसीको मासु ।

Blogger Comment
Facebook Comment