Hot News
Loading...

५० वर्ष पुग्यो लेजर

५० वर्षपहिले लेजर किरणको आविष्कार भएको थियो । आविष्कारपश्चात् नै कतिपयले यसलाई डेथ रेज अर्थात् मृत्यु किरणको नाम दिए, तर समयक्रममा यही डेथ रेज नै मानिसको जीवन किरणका रूपमा प्रख्यात भयो । लगभग सबै क्षेत्रमा यसको प्रयोग हुन थाल्यो ।


लेजरको आविष्कार
लेजर किरणको आविष्कार संयोगले भएको थियो । यसको आविष्कार फोटोग्राफर थियोडोर माइमेनले गरेका थिए । उनले जब आफ्नो क्यामेराको लेन्सको क्र्याडलमा रुबी नामक रातो पत्थरको टुक्रा राखे, त्यसबाट निस्किएको रातो रंगको किरण अरूभन्दा फरक थियो । माइमेनले सन् १९६० को मे १६ का दिन पहिलो पटक यसको परीक्षण प्रदर्शन गरेका थिए । थियोडोरले ह्युजस रिसर्च ल्याबोरेटरीमा गएर त्यसका बारेमा अध्ययन गर्न थाले । उनले कुनै बल्बको फ्ल्यासबाट रुबीको पातलो तहलाई चार्ज गर्न सकिन्छ भन्ने कुरा पत्ता लगाए । यसबाट उर्जा उत्पादन हुन्छ भन्ने कुरा थाहा भयो । यसबाट निस्कने रातो चमकको तरंग एउटा एकै पटक र अर्को फरक फरक गरी निस्कन्छ । यी तरंग सीधा रेखामा चल्छन् भन्ने कुरा पनि थाहा भयो । यसलाई नै लेजर किरण भनियो । लेजर अंग्रेजी अक्षर एल, ए, एस, ई र आरबाट बनेको हो । लाइट एम्प्िलफिकेसन बाइ स्टिमुलेटेड एमिसन अफ रेडिएसनको पहिलो अक्षरबाट नै लेजर शब्द बनेको हो ।



क्रान्तिकारी प्रविधि

लेजरको आविष्कार भएपछि औद्योगिक क्षेत्रमा क्रान्ति आयो र विकासको ढोका खुल्यो । उद्योगपतिदेखि लिएर सैन्य प्रतिष्ठानसम्म यसको चर्चा चल्यो । कमिक्स र चलचित्रहरूमा लेजर बन्दुकको प्रयोग हुन थाल्यो । यसको प्रयोग विविध क्षेत्रमा हुन थाल्यो, जसले गर्दा वैज्ञानिक तथा इन्जिनियरहरूमा यसको प्रयोग कसरी र कुन क्षेत्रमा गर्ने भन्ने प्रतिस्पर्धा नै सुरु भयो । विभिन्न यन्त्र एवं ग्याजेटहरूमा समेत यो प्रविधिको प्रयोग हुन थाल्यो । आज हरेक क्षेत्रमा यो प्रविधि प्रयोग गरिन्छ । स्केटिङलगायतका खेलमा लेजर किरणले नै खेलाडीहरूलाई दिशानिर्देश गर्छ । ठूला उद्योगहरूमा लेजर किरणबाट साना मेसिनहरूलाई सही आकार दिन सकिन्छ । दूरसञ्चारको क्षेत्रमा प्रयोग गरिने अप्टिकल फाइबर निर्माणका लागि पनि यसको प्रयोग गरिन्छ । चिकित्साक्षेत्रमा त यो किरणको प्रयोग निकै हुन्छ । लेजरबाट पहिलो शल्यक्रिया सन् १९६२ मा गरिएको थियो । आज पत्थरीदेखि लिएर क्यान्सरसम्मका सबै रोगको उपचारमा यसको महत्त्वपूर्ण भूमिका छ । सैन्य क्षेत्रमा लेजर नियन्त्रित बम प्रयोग गरिन्छ । बारुदी सुरुङ पहिचान गर्ने यन्त्र पनि लेजरद्वारा नै सञ्चालित हुन्छ । अन्तरिक्ष अनुसन्धानका क्षेत्रमा पनि यसलाई प्रयोग गरिन्छ ।
Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

SEARCH