काभ्रे, अषाढ ७ - अमेरिकी सरकारले आयोजना गरेको विश्वव्यापी डेमोक्रेसी भिडियो च्यालेन्ज प्रतियोगितामा नेपालका एक युवा विजेता बनेका छन् ।
काभ्रेको महादेवस्थान गाविसका २० वर्षिय अनुप पौडेल बिजेता बनेका हुन् । उनले 'डेमोक्रेसी इज ब्ल्याक' नामक वृत्तचित्र बनाएर प्रतियोगितामा प्रस्तुत गरेका थिए । प्रतियोगितामा विश्वका ८९ देशका २ हजार २ सय प्रतिस्पर्धीको सहभागीता रहेको थियो । भिडियो मार्फत डेमोक्रेसीको परिभाषा उल्लेख गर्नुपर्ने उक्त प्रतियोगीतामा उनले १ मिनेट ३० सेकेन्डको भिडियो क्लिप तयार पारेका थिए ।
उनले चारवटा फरकफरक रङ्गहरुको मिश्रण गरी डेमोक्रेसीलाई परिभाषित गरेका थिए । डेमोक्रेसी भनेको एकता, स्वतन्त्रता, शान्ति र मायालाई उनले परिभाषित गरेका थिए । मैले बनाएको भिडियो उत्कृष्ट भएकोमा साह्रै खुशी लागेको छ' उनले भने 'यो मेरो मात्र बिजय नभई नेपालको समेत बिजय हो ।'
उनले उक्त प्रतियोगितामा बिजय भई नेपाली पनि कुनै कुरामा कमजोर हुँदैनन् भन्ने कुरा देखाउन सके । बिजेता बनेपछि उनी अफ आफ्नो भिडियो देखाउनका लागि अमेरिकाको न्यूवर्क लगायतका क्षेत्रमा जाने अवसर पाउनेछन् । उनको उक्त भिडियो त्यहाँका चलचित्र भवनहरुमा समेत देखाइने उनले बताए ।
ओस्कार कलेज अप फिल्म स्टडिजमा स्नातक तहमा अध्ययन गदै गरेका पौडेल एसियन डेभलपमेन्ट बैंकले फिलिपिन्समा आयोजना गरेको जलवायु परिर्वतन सम्बन्धी भिडियो प्रतियोगितामा प्रथम भएका थिए ।विश्व विजेता बन्न पौडेल सफल भएपछि उनको गाउँ महादेवस्थानमा खुशीयाली छाएको छ । कुन बेला अनुप गाउँमा आउँलान र पुष्पहार सहित अविरले रङ्गाउन पाईने हो भन्ने आशामा स्थानीय बासी रहेका छन । 'अनुप विश्व विजेता बनेपछि हामी धेरै खुशी भएका छौ' स्थानीय राजन पौडेलले भने 'यो हाम्रो गाउँ, जिल्ला र देशकै लागि गौरवको कुरा हो ।'
अनुपको विश्वविजेता भिडियो हेर्नुहोस्:in this site http://www.ekantipur.com/np/2067/3/7/full-news/313478/
Blogger Comment
Facebook Comment