shiba shrestha celebrate his son birth 9 days
गत आइतबार साँझ चलचित्र नायक शिव श्रेष्ठ निकै व्यस्त थिए । नेपाली चलचित्र क्षेत्रमा वर्षौं बिताएका पुराना अनुहारहरू, आफन्त तथा साथीहरूको स्वागतमै उनको साँझ बितिरहेको थियो । उनकी पत्नी रजनी पनि प्रफुल्ल थिइन् । सबैको मुहारमा खुसियाली छाएको थियो । नायक श्रेष्ठकै भाषा सापटी लिदाँ 'साइबाबाको आशीर्वादले' श्रेष्ठ परिवारमा नयाँ सदस्यको आगमन भएको छ अर्थात् पहिलो पत्नीबाट हुर्किसकेका दुई छोरी र एक छोराका बाबु शिव श्रेष्ठको परिवारमा सबैभन्दा कान्छो सदस्य साई सुन्दर श्रेष्ठको जन्म भएको छ महिना पुगेको छ । हिन्दु परम्पराअनुसार छ महिनामा शिशुको पास्नी कायर् क्रमको खुसियाली बाँड्न उनले आफ्ना सबैभन्दा निकटका आफन्त तथा साथीभाइहरूलाई आमन्त्रण गरी रात्रीभोज दिए । रात्रीभोजमा भुवन केसी, करिश्मा मानन्धर, श्रीकृष्ण श्रेष्ठ, श्वेता खड्का, शम्भु प्रधान, नुतन प्रधान, हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, विनोद मानन्धर, अर्जुनजंग शाही, पुरन जोशी, प्रकाश अधिकारी, क्षितिजा शाक्य, लिलु गुरुङ, सीता गुरुङ, बसुन्धरा भुसाल आदिका कलाकारको उपस्थिति थियो । रात्रीभोजको आयोजना नायक श्रेष्ठले आफ्नो ललितपुर, भैंसीपाटीस्थित निवास परिसरमा गरेका थिए
Blogger Comment
Facebook Comment