

करिश्माको मुहारको सुन्दरतालाई नियाल्ने कि ट्याटुमा नजर लगाउने ? हेर्नेहरू दोधारमा देखिए । 'लभस्टोरी-२०६६'को एल्बम विमोचन तथा चलचित्र 'फर्केर हे र्दा'को पि्रमियरमा करिश्माले उपस्थित पुरुषको मात्र होइनन्, महिलाहरूको ध्यान पनि आफूतिर तानेकी थिइन् । सुन्दरताकी उदाहरण मानिएकी यी नायिकाका अघिल्तिर अन्य नायिकाको रंग फिक्का देखियो । त्यसको मूल कारण त्यही गुलाबको टाटु त होइन ? करिश्माको उक्त गुलाब मुटु भएतिर छातीको देब्रे भागमा खोपिएको छ । स्मरण रहोस्, गुलाब प्रेमको प्रतीक हो । यति भनेपछि सबैको मनमा जिज्ञासा उठ्नु स्वाभाविक हो, करिश्माको मुटुको यो गुलाबले के संकेत गरिरहेछ ?
Blogger Comment
Facebook Comment