सानोठिमीस्थित प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् -सिटिइभिटी) ले एसएलसी उत्तीर्ण गरेका विद्यार्थीलाई लक्षित गरी २२ वर्षदेखि मुलुकका विभिन्न स्थानमा प्राविधिक शिक्षा प्रदान गर्दै आएको छ । सिटिईभिटीले निजी क्षेत्रलाई समेत व्यावसायिक शिक्षा अध्यापन गराउन सम्बन्धन प्रदान गर्छ ।


सिटिइभिटीका सूचना तथा अनुसन्धान महाशाखा निर्देशक एवं प्रवक्ता राजेन्द्र कार्की प्राविधिक विषयको अध्ययनपछि बेरोजगार बस्नु नपर्ने दाबी गर्छन् । सीपयुक्त जनशक्ति तयार पार्नु नै परिषद्को मुख्य जिम्मेवारी हो, कार्कीले भने- 'हामी देशको बेरोजगारी कम गर्न नयाँ-नयाँ विषय छनोट गरी मागअनुसार शिक्षा दिने गरेका छौं ।' सिटिइभिटीअन्तर्गत स्वास्थ्य, इन्जिनियरिङ, कृषिक्षेत्रका विभिन्न विधामा अध्यापन हुन्छ ।
परिषद् आफैंले २१ वटा प्राविधिक तथा व्यावसायिक शिक्षालय सञ्चालन गरेको छ भने २ सयभन्दा बढी निजी प्राविधिक संस्थाहरूमार्फत सिटिइभिटीको कार्यक्रम सञ्चालित छन् ।
परिषद्ले हालसम्म प्राविधिक एस.एल.सी. -टी-एसएलसी १५ र २९ महिने कोर्स) र तीनवर्षे डिप्लो/प्रवीणता प्रमाणपत्र तहका विविध कोर्स सञ्चालन गरिरहेको छ । टी-एसएलसी उत्तीर्ण गरेका विद्यार्थीहरू सरकारी सेवामा राजपत्र अनंकित द्वितीय श्रेणी, प्राविधिक सेवाका -खरिदारसरह) को रोजगारीका लागि योग्य मानिन्छन् । तीनवर्षे डिप्लोमाका विविध कोर्स गरेका विद्यार्थीहरू
सरकारी सेवामा राजपत्र अनंकित प्रथम श्रेणी प्राविधिक -सुब्बासरह) का लागि योग्य मानिन्छन् ।
तीनवर्षे डिप्लोमाका विविध कोर्सलाई त्रिभुवन विश्वविद्यालयले प्रवीणता प्रमाणपत्र तह सरह मान्यता प्रदान गरेको छ ।
किन पढ्ने प्राविधिक शिक्षा ?
रोजगारउन्मुख शिक्षा एवं व्यावसायिक तालिम दिई स्वावलम्बी र सीपयुक्त जनशक्ति तयार गर्नु सिटिइभिटीको उद्देश्य हो ।
वैदेशिक रोजगारीको बजारमा प्रवेश पाउन प्राविधिक शिक्षा र तालिम सहज माध्यम भएको छ । प्राविधिक शिक्षाका क्रममा हासिल गरेको सीप प्रयोग गरी उद्यमशील नागरिक बनेर स्वरोजगार भै अन्य व्यक्तिका लागि समेत रोजगारी सिर्जना गर्न सकिन्छ ।
परिषद्का अनुसार प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्राप्त जनशक्तिको रोजगारी दर ७० प्रतिशतभन्दा बढी छ । स्तरीय सीप सिकेर वैदेशिक रोजगारीमा जाने जनशक्ति जस्तै- प्लम्बिङ, कार्पेन्टर, स्लटरिङ, सिभिल तथा मेकानिकल ओभरसियरको तलब साधारण श्रमिकको भन्दा पाँच गुणा भन्दा बढी भएको विभिन्न तथ्यांकले देखाएको छ ।
छात्रवृत्तिको व्यवस्था
सिटिइभिटीले डिप्लोमा/प्रवीणता प्रमाणपत्र तहमा अध्ययनरत विद्यार्थीलाई जेहेन्दार, वर्गीकृत एवं विशेष छात्रवृत्तिको व्यवस्था गरेको छ । यसका साथै परिषद्का शिक्षालयमा अध्ययन गर्ने प्राविधिक एसएलसी तहका विद्यार्थीलाई समेत छात्रवृत्तिको व्यवस्था छ ।
जेहेन्दार छात्रवृत्तिका लागि प्रवेश परीक्षामा जुन संस्थावाट र्फम भरेको हो त्यही संस्थामा मात्र खुल्ला प्रतिस्पर्धामा गर्न पाइन्छ । सर्वोत्कृष्ट अंक प्राप्त गर्ने विद्याथीर् लाई पूर्ण तथा दोस्रो विद्यार्थीलाई आंशिक छात्रवृत्ति प्रदान गरिएको छ । यसरी प्राप्त छात्रवृत्ति पहिलो वर्ष वा सेमेस्टरका लागि मात्र हुनेछ । अर्को वर्ष जसले उत्क ृष्ट अंक हासिल गर्यो उसैले पाउँछ ।
वर्गीकृत छात्रवृत्तिका लागि निर्धारित र्फम भरेर वर्गीकृत छात्रवृत्ति कोटामा प्रतिस्पर्धा गर्न सकिन्छ । जुन संस्थाबाट अध्ययन गर्न र्फम भरेको हो त्यही संस्थामा मात्र वर्गीकृत छात्रवृत्तिमा प्रतिस्पर्धा गर्न सकिन्छ । सर्वोत्तम अंक प्राप्त गर्ने विद्यार्थीलाई पूर्ण तथा दोस्रो विद्यार्थीलाई आंशिक छात्रवृत्ति प्रदान गरिन्छ । यसरी प्राप्त छात्रवृत्ति पूर्ण शैक्षिक अवधिका लागि दिने व्यवस्था छ ।
जेहेन्दार र वर्गीकृत छात्रवृत्तिको हकमा प्रत्येक कार्यक्रममा जम्मा स्वीकृत कोटाको ५ प्रतिशत सिट पूर्ण छात्रवृत्ति र ५ प्रतिशत सिट आंशिक छात्रवृत्तिका लागि निर्धारण गरिएको छ ।
वर्गीकृत छात्रवृत्ति साधारण र सामुदायिक विद्यालय १० प्रतिशत, महिला १० प्रतिशत, दलित, आदिवासी र जनजाति १० प्रतिशत, अपांग, सहिद परिवार १० प्रतिशत, जनआन्दोलनका घाइते परिवारलाई १० प्रतिशत, पूर्व कमैया, हलिया तथा विपन्न वर्ग १० प्रतिशत एवं खुला प्रतिस्पर्धाबाट ४० प्रतिशत छात्रवृत्ति दिने व्यवस्था छ ।
Blogger Comment
Facebook Comment