Hot News
Loading...

world highest mahadev / nepal/शिवको अग्लो मूर्ति बनाएर नेपाललाई चिनाउने मेरो सपना पूरा भएको छ ।

सपना पूरा भयो

व्यापारी कमल जैनको एकल लगानीमा निर्माण गरिएको चित्तपोल-५ कैलाशकुट डाँडाको १ सय ४३ फिट अग्लो शिवको मूर्ति प्राण प्रतिष्ठापन भएपछि  सर्वसाधारणका लागि खुला भएको छ । कम्तीमा सय जना नेपाली र भारतको दक्ष कलिगड दिनरात खटेर ६ वर्षमा यो मूर्ति तयार गरेको जैनले जानकारी दिए ।  निर्माणका लागि गिटी, बालुवा, सिमेन्ट, डन्डी आदि निर्माण सामग्री प्रयोग भएको उनले बताए । 'निर्माण सामग्री कति लाग्यो त्यसको कुनै हिसाब छैन,' जैनले  भने ।

उभिएको मूर्तिको फाउन्डेसनको कार्य सम्पन्न गर्न मात्र दुई वर्ष लागेको थियो । मूर्ति बाहिरी रंग सामान्य जस्तो देखिए पनि घाम र पानीबाट बचाउन जिङक  कोडेट गरेपछि तामालाई स्प्रे गरेर लगाइएको छ । रंग लगाउन मात्र ६ हजार केजी तामा  र जिंक लागेको जैन हिलटेक ट्यांकीका मालिक जैनले जानकारी दिए ।  ७५ रोपनीभन्दा बढी क्षेत्रफलमा निर्माण भएको यो मूर्तिलाई भूकम्प र हावाबाट हुन सक्ने क्षति रोक्न नेपाल र भारतका दक्ष इन्जिनियरहरूले विशेष सावधानीका  साथ निर्माण गराएका छन् ।

'म र मेरो परिवारका सदस्यले व्यापारलाई भन्दा बढी मूर्ति निर्माणमा चासो देखाउँदै आफ्नो व्यक्तिगत जीवनको समेत पर्वाह नगरी बिहानदेखि रातिसम्म सा ँगाको डाँडामा बितायौं,' जैनले भने-'शिवको अग्लो मूर्ति बनाएर नेपाललाई चिनाउने मेरो सपना पूरा भएको छ ।' नागरिक उड्डयन तथा पर्यटन मन्त्री शरदसिंह  भण्डारीले यो मूर्तिका कारण नेपालमा पर्यटकीय स्थल थपिएको बताए । 'संसारकै सबैभन्दा ठूलो मूर्ति नेपालमा बनेको छ,' मन्त्री भण्डारीले भने- 'यसले देश- विदेशमा हिन्दुधर्मप्रति आस्था राख्नेहरू गौरवान्वित हुनेछन् भने नेपालमै धार्मिक पर्यटक बढ्ने कुरामा दुविधा छैन ।'

मन्दिर क्षेत्रलाई मारकाट निषेधित र साकाहारी क्षेत्र घोषणा गरिएको छ । त्यस्तै धूमपान र मदिरा सेवनसमेत निषेध गरिएको जैनले जानकारी दिए । 'महादेवको  मूर्ति बनाउने कार्य मेरो एक्लो प्रयास भए पनि यो कार्यमा व्यापारको कुनै सम्बन्ध छैन,' उनले भने- 'मन्दिर परिसरको सरसफाइ एवं फलफूल गोडमेलमा थप  लगानी गर्नु नपरोस् भनेर थोरै शुल्क उठाउनेछु ।' उनले मन्दिर प्रवेशका लागि २० रुपैयाँ शुल्क उठाउने निर्णय भए पनि केही दिनका लागि यो कार्य पनि बन्द  गरिएको छ ।

मन्दिरसँगैको क्षेत्रमा नेचर केयर अस्पताल निर्माण गरिएको छ । ३२ शय्याको उक्त अस्पतालमा थेरापी, योग, मेडिटेसन, कोलन थेरापी, मड थेरापी, ज्याकुजी,  स्टिम इन्फारेज सौना, अक्युप्रेसर आदि सेवा उपलब्ध हुने जैनले जानकारी दिए । शिव मूर्तिका कारण थप पर्यटक भित्र्याउन सकिने मन्त्री भण्डारीले बताए । उनले  एकल लगानीमा मूर्ति निर्माण गरेर मुलुकको इज्जत बढाएको भन्दै  कमल जैनको खुलेर प्रशंसा गरेका छन् ।

एक हातमा त्रिशूल र अर्कोमा डमरु बोकेको शिवको मूर्तिमा सिमेन्ट र फलामको छड प्रयोग गरिएको छ ।  सरकारले पर्यटन वर्ष-२०११ मनाउने तयारी गरिरहेको  बेला निजी लगानीमा निर्माण भएको शिवको मूर्तिले चित्तपोल पनि पर्यटकीय स्थानका रूपमा चिनिने पक्का छ । यहाँबाट राजधानीको अधिकांश क्षेत्रको अवलो कन गर्न

सकिन्छ । डाँडाबाट राजधानी पूर्वजाने र भित्रिने सवारी साधन गुडेको  मनोरम दृश्य देखिन्छ ।

७५ रोपनी जग्गामा मूर्तिलगायत २४ कोठामा ३२ शैय्याको आयुर्बेदिक अस्पताल, बालबालिकालाई खेल्ने ठाउँ, बिरामी बस्ने चारवटा घर निर्माण गरिएका छन् ।  मूर्तिको काम सक्न १२ करोड  रुपैयाँभन्दा बढी खर्च भएको जैनले जानकारी दिए । भक्तपुरको नलिन्चोक-चित्तपोल गाविस भवन हुँदै तीन किलोमिटरको यात्रा पछि  मूर्ति भएको स्थानमा पुग्न सकिन्छ भने भक्तपुर र काभ्रेको सिमाना साँगाबाट १०  मिनेटको पैदल यात्राबाट त्यहाँ पुगिन्छ ।

 for more deteles

arjunkc  arjunkc62@yahoo.com


 

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

SEARCH