काठमाडौ सानैदेखि मोडलिङमा रुची राख्ने काठमाडौं मा बस्दै आएका चितबन निवासी सुवास श्रेष्ठले सोंच एल्बम मार्फत मोडिलिङ क्षेत्रमा डेब्यु गर्दैछन् ।
कृष्णभक्त राईको स्वरमा सजिएको ‘पहिलो चोटी देखे तिमीलाई बसि गयो माया’ गीतमा मोडल सुबास लाई सन्ध्या भट्टराईले साथ दिएकी छिन् ।सन्ध्या नृत्य छेत्र मा आफ्नै पहिचान बनाएकी सफल मोडल हुन। एसका अलावा सन्ध्या ले अभिनय गरेको चलचित्र नि प्रद्सन को तयारी मा छ। भने आकर्षक शरीरको धनी सुबास पनि छिट्टै चलचित्र मा आउने बताउछन् ।
मोडल सुवास यसअघि मोडलिङका विभिन्न कार्यक्रमहरुमा प्रस्तुत भई सकेका छन् । उनी हालसालै सम्पन्न मिस्टर नेपाल प्रतियोगितामा समेत सहभागिता जनाएका थिए । उनले त्यस प्रतियोगितामा मिस्टर ट्यालेन्ट एण्ड डासिङ टाईटल समेत हात पारेका थिए
यस गीतको काजी भुजेलले निर्देशन गरेका छन् भने कोरिग्राफरको काम सन्दिप भुजेलले गरेका छन् । यो गीत छिट्टै रिलिजको तयारीमा छ ।


Blogger Comment
Facebook Comment