Hot News
Loading...

मोदीको अगाडि नेपालकै बेइज्जत गरे सुशीलले




मोदीको अगाडि नेपालकै बेइज्जत गरे सुशीलले




काठमाण्डु, १८ साउन– प्रधानमन्त्री सुशील कोइराला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको

मोदी आउँदा बिहान १० बजेर ५० मिनेट गएको थियो ।
कोइराला मोदी आउनुभन्दा झण्डै एक घण्टाअघि विमानस्थल पुगेका थिए ।

उनले मोदीलाई पुष्पगुच्छाले स्वागत गरे । पुष्प गुच्छाको टुप्पो मोदीतिर फर्काउनुपर्नेमा आफैंतिर फर्काए । मोदीलाई दिनुपर्ने पुष्पगुच्छा निकैबेर आफ्नै हातमा राखिरहे ।

मोदी आफूतिर पुष्पगुच्छा तान्न खोज्थे तर कोइरालाले छाड्दै छाडेनन् । केहीबेर यो क्रम चलेपछि मोदी आफैंले तानेर सहयोगीलाई पुष्पगुच्छा दिए ।

मिनेन्द्रले ताने सुशीलको कोट
त्यसलगत्तै तस्वीर खिच्न गएका पत्रकारले मोदी र उनको फोटो खिच्न चाहे, तर कोइरालाले पिठ्युँ क्यामेरातिर फर्काइदिए । मोदीले नै पत्रकारले फोटो खिच्न लागेको संकेत गरे तर, कोइरालाले कुरा बुझेनन् ।

सँगै रहेका सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजाले पछाडिबाट कोटमा समातेर तानेपछि मात्र कोइराला फिस्स हाँसेर क्यामेरातिर फर्किए । यो सबै हेरिरहेका मोदी पनि हाँसिरहेका थिए ।

त्यसलगत्तै मोदीको स्वागतका लागि अघि सरे संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ । मोदीले नेम्वाङतिर र नेम्वाङले मोदीतिर हात लम्काए ।

तर बीचमा उभिए कोइराला र उनीहरुले हात मिलाउन पाएन । फेरि रिजाले ताने । अनिमात्र मोदी र नेम्वाङले हात मिलाउन पाए ।
कोइरालाको यस्तो गतिविधि कैद गरेका भारतीय टिभी च्यानलहरुले पटकपटक उक्त दृश्य आफ्नो स्क्रिनमा देखाइरहेका छन् ।

मोदीले हात उठाए सुशील चुपचाप उभिए

कुरा त्यतिमा मात्र सीमित रहेन । मोदीको सम्मानमा नेपाली सेनाले १९ तोपको सलामी दियो । त्यस क्रममा पहिला भारतीय र पछि नेपालको राष्ट्रिय धुन बजाइएको थियो ।

मोदीले दुवै धुन बजाइएका बेला दाहिने हात उठाएर सलामी ग्रहण गरेका थिए । तर कोइराला चुपचाप मोदीको छेउमा उभिरहे । सलामी ग्रहण गरेनन् । -
Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

SEARCH