Hot News
Loading...

अब काठमाडौंमै उपलब्ध छ

एक जना नेपाली पत्रकार बैंककबाट नेपाल र्फकने हतारमा थिए, त्यसै बेला सडक किनारमा अचम्मको पसल देखेपछि उनी अडिए । विभिन्न स्वरूपमा वयष्क कृत्रिम यौनांग बिक्रीका लागि राखिएका देखेपछि उनको ध्यान त्यसतर्फ खिचिएको थियो । 'सबैभन्दा बढी महिलाको नक्कली नांगो शरीरले मलाई खिचेको थियो ।' शारीरिक सम्पर्कका लागि उपयुक्त त्यो 'भच्र्युअल डमी' किन्ने सोच बनाएका ती अविवाहित पत्रकारले कुराकानीका क्रममा भने- 'त्यो कृत्रिम साधनलाई घर ल्याएर लुकाउन सम्भव नहुने देखेपछि नकिनी फर्किएँ ।' पत्रकारले बैंककबाट युवतीको कृत्रिम शरीर ल्याउन नपाए पनि अब नेपालमै यो सेवा सबैले पाउने भएका छन् । प्राकृतिक यौनसम्पर्कबाट वञ्चित वा आकांक्षाबमोजिमको चरम सुख नपाएकाहरूले अब नेपाली बजारमै कृत्रिम यौनांग खरिद गरेर यौन आनन्द लिन सक्छन् । नेपाली उपभोक्तालाई लक्षित गरेर द कन्डम हाउसले सुन्धारा, खिचापोखरीस्थित आउटलेटबाट कृत्रिम यौनांगहरू बिक्री-वितरणमा ल्याएको छ । विश्वबजारमा पाइने आधुनिक यौनसामग्री नेपाल भित्र्याउने योजना बनाएको उक्त हाउसले त्यसका लागि सबै तयारी पूरा गरिसकेको छ । 'हामीले यो विषयमा नेपालीहरूको चासोका बारेमा लामो अध्ययन गरेपछि हात हालेका हौं,' द कन्डम हाउसका अध्यक्ष राजु भुजेलले साप्ताहिकसँग भने- 'कृत्रिम यौनांग अनुभूत गर्ने चाहना राखेका नेपालीले अब यस्ता सामग्री खरिद गर्न अन्तर्राष्ट्रिय बजारमा जानु पर्दैन ।' यौनसम्पर्कका लागि उपलब्ध हुने खेलौनाको व्यावसायिक कारोबार प्रारम्भ गर्ने यो पहिलो नेपाली संस्था हो । 'कम्पन -भाइबे्रटिङ) सहितको महिलाको यौनांग र महिलाको नक्कली नांगो खेलौना शरीर ल्याएका छौं,' द कन्डम हाउसका निर्देशक युवराज न्यौपाने भन्छन्- 'त्यसैगरी कम्पनसहितको पुरुष लिंग पनि छ ।' भाइब्रेटिङ पुरुष यौनांग, पुसिज टोय र डल पुसी टोयका विभिन्न मोडललाई हाउसले बिक्री-वितरणमा ल्याएको छ, जसको प्रयोगबाट उपभोक्ताले यौनप्यास मेटाउन सक्छन् । गोप्य रहन रुचाउने नेपाली समाज यस विषयमा कुरा गर्नुलाई विकृति मान्ने भएकाले यसको बजार कसरी अघि बढ्छ भन्ने अन्यौल नै छ । विक्रेताहरू भने बजारको प्रारम्भिक अनुमान हेर्दा उत्साहित भएको उल्लेख गर्छन् । 'कृत्रिम यौनांगको प्रयोगलाई सौखका रूपमा होइन, बाध्यताका रूपमा उपभोक्ताले लिनेछन् भन्ने हाम्रो बुझाइ छ,' द कन्डम हाउसकै बजार प्रबन्धक दीपक पौडेल भन्छन्- 'प्राकृतिक यौनसम्बन्धको अभावमा बलात्कारजस्तो जघन्य अपराधतर्फ उन्मुख हुने युवा जमातलाई नियन्त्रणमा ल्याउन होस् वा असुरक्षित यौनसम्बन्धका कारण जीवनलाई जोखिममा पारिरहेकाहरूलाई पनि यौनसन्तुष्टि दिलाउन कृत्रिम यौनांग उपयोगी हुनेछन् ।' पौडेलका अनुसार यौनसन्तुष्टि हासिल गर्न नसकिरहेका दम्पतीहरूको हकमा पनि यस्ता यौनसामग्रीको प्रयोग त्यत्तिकै लाभदायी हुनसक्छ । बजार प्रबन्धक पौडेल भन्छन्- 'जीवनसाथी विदेशमा भएकाहरूलाई त 'सेक्सुअल रिलेसन मेन्टेन' गर्न बाहिर अनैतिक सम्बन्ध राख्नुको सट्टा यस्तो यौन खेलौना अझ प्रभावकारी हुन्छ ।' 'खिचापोखरीमा पसल खुलेकै दिन एक दम्पती यौनसामग्रीका बारेमा जानकारी लिन आएका थिए,' द कन्डम हाउसका अध्यक्ष भुजेलले भने- 'उनीहरूले यौनका विषयमा चरम सन्तुष्टि हासिल गर्न सामग्री खरिद गर्न आएको बताए ।' यसका आधारमा नेपाली बजारमा पनि यस्ता सामग्रीले छिट्टै गति लिने विश्वास यसका विक्रेताहरूले लिएका छन् । विदेश बसेर आएका नेपालीहरू यस्ता यौनसामग्रीमा अभ्यस्त भैसकेको व्यवसायीहरू बताउँछन् । खासगरी सम्भ्रान्त परिवारका नेपालीहरू यस्ता सामग्रीको प्रयोगलाई सामान्य मान्छन् । उच्च आयस्रोतका परिवारका सदस्यहरूले विदेशबाटै आयात गरेर भए पनि सेक्स टोयको आनन्द लिने गरेका छन् । 'मैले पनि युरोपमा रहँदा यस्ता सामग्रीको प्रयोग सबैका निम्ति सामान्य बनेको देखेको थिएँ,' पौडेलले भने- 'त्यसैले पनि नेपाल फर्किएर यो व्यवसाय गर्ने मन बनाएको हुँ । नेपालमै यस्ता सामग्री उपलब्ध भएपछि सर्वसाधारण नेपालीले पनि यसको उपयोग गर्न सक्ने हाम्रो विश्वास छ ।' यौनसाथी नभएका युवायुवतीलाई यौनआनन्द हासिल गर्न पनि यस प्रकारका यौनखेलौना महत्त्वपूर्ण सावित हुने यौन तथा प्रजनन विज्ञ डा. खेम कार्की बताउँछन् । डा. कार्की भन्छन्- 'तर प्रयोगमा ध्यान दिनु आवश्यक छ ।' 'जर्मनीमा उमेर वर्ग समूहअनुसार उपयुक्त युवा-युवती यस्ता कृत्रिम यौनांग प्रयोगलाई सामान्य रूपमा लिन्छन्,' विगत सात वर्षयता जर्मनीमा बस्दै आएका नेपाली विश्वेश्वर देवकोटा भन्छन्- 'वयष्क यौनसामग्रीले रेडलाइट क्षेत्रमा जानुपर्ने बाध्यताको अन्त्य गर्ने भएकाले पनि यसको प्रयोगमा युवा-युवतीदेखि अभिभावकसम्ममा समझदारी पाइन्छ ।' देवकोटाका अनुसार यस्ता कृत्रिम यौनांग बिक्री गर्ने पसल जान पनि यहाँ कुनै हिचकिचाहट हुँदैन, किनभने त्यहाँ यौनसम्बन्धलाई गाँस-बास- कपासजस्तै आवश्यक मानिन्छ । द कन्डम हाउस कृत्रिम यौनांग, यौनांगका आकार बढाउने सामग्री तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरका विभिन्न ब्रान्डका कन्डम बिक्री गर्ने अनुमति लिएर सञ्चालनमा आएको छ । 'हामी हचुवाको भरमा उपभोक्तालाई यौनसामग्री बिक्री गर्दैनौं,' हाउसका बजार प्रबन्धक पौडेल भन्छन्- 'उपभोक्ताको समस्या बुझेर चिकित्सकको परामशर् अनुरूप कृत्रिम यौनांग तथा यौनांगको आकार बढाउने सामग्री बिक्री-वितरण गरिनेछ ।' हाउसका अध्यक्ष भुजेलका अनुसार यौनसाथी नभएकाहरू, विदेशमा रहेका श्रीमान् श्रीमतीका नेपालमा बस्ने जीवनसाथीहरू, असुरक्षित यौनसम्बन्ध राख्न नचाहनेहरू, विवाहेत्तर यौनसम्बन्ध राख्न नचाहनेहरूलाई यस्ता सामग्रीको लक्षित उपभोक्ताका रू पमा लिइएको छ । त्यस्तै यौनलाई अनावश्यक महत्त्व दिएर जंगली प्रवृत्तिले बलात्कार गर्न खोज्नेहरूलाई पनि सेक्स टोयको प्रयोगले नियन्त्रणमा ल्याउँछ । विश्वव्यापी रूपमा उत्कृष्ट कम्पनीहरूको मात्र यौनांग आयात गरिने बजार प्रबन्धक पौडेल बताउँछन् । जापान, हङकङ, सिंगापुरका कम्पनीले उत्पादन गरेका कृत्रिम यौनांगहरू र स्वास्थ्यडा. खेमबहादुर कार्कीयौन आनन्द प्राप्तिका लागि प्रयोग गरिने कृत्रिम यौनाङ्ग संसारका सबैजसो सहरमा पाइन्छन् । नेपालमा पनि यसको बजार विस्तार हुँदैछ । यस्ता साधनले असुरक्षित यौ नसम्पर्कका कारण सर्ने एचआईभीलगायत यौनजन्य संक्रमण रोकथामका लागि सहयोग पुर्‍याउँछन् । बजारमा खासगरी कृत्रिम लिङ्ग र योनि पाइन्छन् । कुनै कृत्रिम लिङ्गमा भाइब्रेटर जडान गरिएको हुन्छ त कुनैमा हँुदैन । भाइब्रेटरले यौन उत्तेजना ल्याउनमा सहयोग गर्ने भएकाले यसको प्रयोग बढ्दै गएको पाइन्छ । भाइब्रेटर पनि विभिन्न प्रकारका हुन्छन् । गुद्धारमा प्रयोग हुने, योनिमा प्रयोग हुने आदि विविधता त छँदैछ ।यस्ता साधन सिलिकोन, रबर वा ल्याटेक्स, ग्लास आदिबाट बन्छन् । बोरोसिलिकेटबाट बनेका यौनाङ्ग सबैभन्दा सुरक्षित मानिन्छन् । रबर वा ल्याटेक्सबाट बनेका यौ नाङ्गहरू मानव स्वास्थ्यका लागि राम्रो मानिँदैनन् । ग्राहकहरूले ती साधन केबाट बनेको छ, यसको प्रयोगबाट शरीरमा के-कस्ता असर पर्न सक्छन् भन्ने कुरामा प्रस्ट हुनु आवश्यक छ । हाम्रो जस्तो बन्द समाजमा यस्ता साधनको प्रयोग अत्यधिक रूपमा हुनसक्छ तर साधन किन्दादेखि प्रयोग गर्दासम्म चाहिने आवश्यक ज्ञान र सीपको अभाव छ । यस्तो हुनुमा समाजमा कृत्रिम यौनाङ्गको प्रयोग र असरका बारेमा पर्याप्त छलफलको अभाव मुख्य कारण हो । यस्ता साधनको प्रयोग पनि नितान्त व्यक्तिगत हुनुपर्छ । एउटै यौनाङ्ग धेरैले प्रयोग गरे यौनजन्य संक्रमण बढ्ने वा एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने हुन सक्छ । सुरुमा समाजलाई पचाउन गाह्रो भए पनि अबको समाजमा यस्ता साधन रोकेर साध्य नलाग्ने गरी आउँछन् र यस्तो साधनको प्रयोगमा प्रोत्साहन गरिनु भनेको यौनजन्य संक्रमण, अनिच्छित गर्भधारण र त्यसबाट आउने दुष्परिणामलाई न्यूनीकरण गर्नु पनि हो । समाजले पनि यसलाई वैकल्पिक र सुरक्षित यौन व्यवहारका रूपमा लिनुपर्छ । हाम्रा संस्कार एवं धर्मग्रन्थहरू हेर्ने हो भने पनि आदिमकालदेखि नै यस्ता साधनको प्रयोग भएको पाइन्छ । यसलाई ठूलो र नौलो कुरो बनाउनुपर्ने आवश्यकता छैन । यो फस्टाउँदो यौन व्यवसायको विकल्प पनि हो । सहर-बजारमा विभिन्न ठाउँमा यौन व्यवसाय मौलाउँदै छ । यौन व्यवसायी र तिनका ग्राहकमा सुरक्षित यौ नव्यवहारसम्बन्धी ज्ञान र सीप ज्यादै कम छ । उनीहरूलाई सशक्तीकरण गर्ने एचआईभी एड्स क्षेत्रको महत्त्वपूर्ण काम भए पनि सरकारी उदानसीनता र यौन व्यवसायलाई कानुनी मान्यता नदिनाले यौन व्यवसाय सुरक्षित छैन । त्यसैले यौन उत्तेजना र चाहनालाई बन्द कोठाभित्र पूरा गर्न चाहने ग्राहकहरूका लागि कृत्रिम यौ नाङ्गले ठूलो मद्दत गर्न सक्छ
Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

SEARCH