सेलिब्रेटीहरूले आफ्ना कैयन् कुरा लुकाएर पनि लुकाउन सक्दैनन् ।
सेलिब्रेटीहरूले आफ्ना कैयन् कुरा लुकाएर पनि लुकाउन सक्दैनन् । यस्तै भएको छ, अभिनेत्री लारा दत्तालाई पनि । उनले आफ्नो फिटनेससम्बन्धी भिडियो संग्रहित डिभिडीका सम्बन्धमा अरूलाई थाहा नदिने जमर्को गरेकी थिइन्, तर यो कुरा मिडियामा आएरै छोड्यो । स्रोतका अनुसार मेहबुब स्टुडियोमा छायांकन गरिएको अभिनेत्री लाराको फिटनेससम्बन्धी उक्त भिडियोमा आधा घण्टाको कार्डियो सेसन संग्रहित छ, साथै त्यसमा बेसिक र एड्भान्स लेभलको कोर्स छ । अभिनेत्री लाराले उक्त फिटनेस भिडियोमा शारीरिक अभ्याससम्बन्धी डेमोन्सट्रेसन गरेकी छिन् । स्रोतका अनुसार यसै वर्ष बजारमा आउने यो डिभिडीमा गर्भवती महिलाका लागि उपयोगी हुने शारीरिक अभ्यासका साथै डाइटसम्बन्धी विशेष प्याकेज पनि समावेश छ ।
Blogger Comment
Facebook Comment