Hot News
Loading...

करण केसीको उत्कृष्ट प्रदर्शन, क्यानडाको पाँचौ विकेट पतन

काठमाडौं, माघ ६– नामिबियामा जारी आईसीसी विश्व
क्रिकेट लिग डिभिजन २ मा नेपालले क्यानडाविरुद्ध
सानदार बलिङको सुरुवात गरेको छ ।
विन्डहोक क्रिकेट मैदानमा जारी खेलमा क्यानडाले टस
जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेपछि बलिङ
थालेको नेपालले ताजास्थितिमा क्यानडाले
१९  ओभरको समाप्तीमा ५ विकेट लिएको छ भने मात्र ३१
रन दिएको छ । नेपालले तेस्रो ओभरको चौथो र
पाँचौ बलमा लगातार २ विकेट लियो । दुबै विकेट
अन्तराष्ट्रिय क्रिकेटमा जारी प्रतियोगिताबाटै डेब्यू
गरेका करण केसीले लिए भने ७ दशमलब ५ औं ओभर तथा ११. ४
ओभरमा फेरी थप २ विकेट विकेट हात पारे ।
पहिलो विकेटको खाता भने सोमपाल कामीले खोले ।
कामीले पहिलो बलको चौथो ओरभमा ओपनर ब्याट्सम्यान
कुमारलाई आउट गर्दै क्यानडालाई
सुरुवाती झड्का दिएका थिए ।
पहिलो खेलमा युगाण्डासँग पराजित
भएपनि दोस्रो खेलमा बलियो नेदरल्याण्डलाई २ विकेटले
हराएर हौसिएको नेपाल आज क्यानडालाई हराउने दाउमा छ

यसअघि न्युजिल्याण्डमा भएको एकदिवसीय खेलमा नेपाल
क्यानडासँग १२ रनले पराजित भएको थियो । त्यसबाहेक
नेपाल र क्यानडाबीच वान डे प्रतियोगितामा नेपाल र
क्यानडाको भेट भएको छैन ।
बलियो प्रतिद्धन्ती मानिने क्यानडा चार पटक त विश्वकप
खेलिसकेको छ ।
सो अवस्थामा पनि नेपाली टोलीका लागि क्यानडा सहज
प्रतिद्वन्द्वी हुन नसक्ने खेल पण्डितहरुको विश्लेषण छ ।
जारी प्रतियोगितामा नेपालको टाउको दुखाई ब्याटिङ
बनेको छ । भरपर्दा ब्याट्सम्यानहरुले चल्न नसक्दा विपक्षीले
दिएको मध्यम स्कोर पुरा गर्न समेत नेपाललाई हम्मेहम्मे
परेपनि बलिङ भने उच्च लयमा देखिएको छ ।
डिभिजन १ मा पुग्ने सम्भावना कायमै राख्न आज नेपालले
क्याडालाई हराउनै पर्ने दवाव छ । यसैगरी डिभिजन २
को हैसियत सहज रुपमा पक्का गर्न चाहिँ बाँकी तीन मध्ये
दुई खेल जित्नै पर्ने दबाव नेपाललाई छ ।

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

SEARCH