Hot News
Loading...

सम्बन्ध किन बिग्रन्छ

जिन्दगिको हरेक मोडमा यस्तो भाग दौड हुन्छ कति आफ्ना पराइ हुन्छन भने कति पराइ आफ्ना हुन्छन। पराइ हुनेहरु कति समबन्धलाइ नचिनेर भने कति एक अर्कालाइ विश्वास नगरेर। अविश्वासको गहिराइ दिन प्रतिदिन बढ्दै जान्छ कति सम्बन्ध टुक्रिन्छ भने कति नयाँ सम्बन्ध पनि स्थापित भइरहन्छ यो शिलसिला जिन्दगिभर चलिरहन्छ। नयाँ सम्बन्ध बनाउँन मुश्किल छैन तर पुरानो सम्बन्ध सधैभरि एउटै किसिमले कायम राख्न एकदम मुस्किल छ। हामी बोल्न जानदैन्थ्यौ हिड्न पनि सक्दैन्थ्यौ जसको हात समातेर हिड्न सिकौ जसको स्वरमा आफ्नो तोतेबोली बोल्न सिकौ आज त्यो सबै सम्बन्ध कति टाढा छोडेर आयौ। आखिरमा मानिस भएर मानिसकै घाटि हामीले रेट्यौ। जब हामीले कुनै कुकुरलाइ घरमा यो सोचेर पाल्छौ कि हाम्रो घरमा कोही नचिनेको मान्छे आएमा भुकोस भनेर तर कुकुर अवश्य पनि आफ्नो मालिक प्रति वफादार भएर नै काम गर्छ। जव कुकुरमाथि हामीले यो आशा राख्छौ भने हामी त मान्छे हौ यो सृष्टिको सबैभन्दा सुन्दर रचना हौ। तर पनि नाता गोटा हामिले भुलेका छौ। यदि कसैले तिम्रो प्रेम भावनालाइ बुझेर आज जिन्दगि सपार्न खोज्दै छौ भने त्यो सर्पाने कडिको अस्तित्वलाइ इन्कार गर्दैछौ। हामी बर्तमानमा छौ भविष्य कस्ले देखेको छ त्यसैले आजलाइ जिउँ। कति गलत गर्दैछौ हामीलाइ थाहा भैपनि बाहना बनाएर कुनै सम्बन्धलाइ चिन्न इनकार गर्दैछौ। जब कुनै आफ्नो भन्दा कुनै पराइ एकदम नजिक लाग्छ त्यसकारणलेनै सम्बन्धमा खलल पुग्छ भने मान्छे त्यो आफ्नो एकदम एक्लो महशुस गर्दछ तर समयको माग यहि नै हो। यो कोलाहल र करोडौ मान्छेको भिडमा कति अन्जान अनुहार देखिन्छन तर केहि समयको लागि मात्र त्यो सम्बन्ध लामो हुदैन नत हाथ पनि बढाउँदैन जिन्दगीभर साथदिनको लागि। कसैसँग समय छैन कसैसँग पैसा छैन भने कसै सँग सबै छ तर पनि उस्ले पाएको सबैबाट एउटा गुमाएको हुन्छ उसले सबैको साथ उस्ले भुलेको हुन्छ आफ्नो सम्बन्ध नाताहरु उ सबै आफुले पाएको सुखमा मात्र सिमित हुन्छ उस्ले सम्झिन्छ कि उस्को बगैचामा भएको फुल उस्ले बनाएको तर उस्लाइ के थाहा त्यो फुल बनाउँदा मालिले कति पसिना बगाएको छ भनेर। उस्ले केवल आफ्नो सुख मात्र सम्झिन छ। कुनै दिन उसले आफन्तलाइ सम्झिन्छ त्यो दिन उसले धेरै पश्चयाताप गर्छ किन मैले आफ्नो सम्बन्धलाइ पहिलेनै चिन्न सकिन भनेर तर त्यो दिन उसलाइ सान्तवना दिने कोहि पनि हुदैन। आफुले पाएको उपलब्धीमा उ मख्ख त पर्छ तर त्यो उपलब्धीमा पुग्नको लागि कस्ले मलाइ सहयोग गर्यौ त्यो भुलेर उसले त्यो समबन्धला पहिले नै इनकार गरेको हुन्छ उ केबल क्षणिक सुखमा बाच्न चाहान्छ मान्छेले जति अगाडि बढ्दै गएपनि उसलाइ सहयोग गर्नै सानो भन्दा सानो कुरालाइ कहिले पनि भुल्न हुदैन नत्र आउँन सक्छ है समबन्धमा खतरा
Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

SEARCH