सुनिल थापा -पूर्व फुटबल खेलाडी)
'७० को दशकको अन्त्यतिर फुटबल हेर्न थालियो, त्यो बेलादेखि मलाई फुटबलको लत लागेको हो । म आफंै पनि फुटबल खेलाडी भएकाले त्यतिबेला साथी भाइहरूसँग बसेर फुटबल हेर्दाको रमाइलो अहिले ' मिस' गर्छु । त्यतिबेला म मुम्बईमा थिएँ । त्यहाँ पनि वल्र्डकप फुटबलको क्रेज निकै छ । रातभरि बसेर खेल हेर्ने क्रममा एउटा खेल सकिएर अर्को खेल सुरु हुने चार घन्टा जतिको ब्रेकमा हामी तास खेलेर बस्थ्यौं । सुत्यो भने खेल हेर्न नपाइने चिन्ता हुन्थ्यो । काठमाडौंमा फुटबल हेर्न रक्सी र बियरको पार्टी नै गरिन्छ । रक्सी पिएपछि रातभरि जागा रहन सकिँदैन, अनि फुटबलको बहानामा रमाइलो मात्र हुन्छ । वल्डर् कप फुटबल हेर्न त चटपटा, पिरो, चिया, कफी र प्रसस्त पानी खाएर बस्नुपर्छ । खानेकुरा धेरै पनि खानु हुँदैन, नत्र निन्द्रा लाग्छ ।
सुरुमा म ब्राजिलीयन टिमबाट धेरै प्रभावित थिएँ र त्यही टिमको सपोर्ट गर्थे । जब म्याराडोनाले अर्जेन्टिनाको टिम हाँक्न थाले, त्यसपछि म उसको सपोर्टर भएँ । म्याराडोना मलाई नेपाली जस्तै लाग्छन् । अहिले म इंग्ल्यान्डका वाइने रोनीको फ्यान भएको छु सँगसँगै त्यो टिमको 'ब्लाइन्ड सपोर्टर' । मैले इंग्ल्यान्डलाई सपोर्ट गरे पनि नगरे पनि ऊ फाइनलमा पुग्छ जस्तो चाहिँ लाग्दैन । कताकता पोचुर्गल वा स्पेनले जित्छ कि जस्तो लाग्छ । किनभने उनीहरूको टिम राम्रो छ । मलाई वल्र्डकप हेर्दा फुटबल नबुझ्नेहरूसँग बस्दा साह्रै बोरिङ हुन्छ । उनीहरू बुझ्दैनन्, अनि उल्टोपाल्टो बोल्छन् । एकपटक जापान र दक्षिण कोरिया से मिफाइनलबाट बाहिरिँदा मेरो चित्त दुखेको थियो । त्यसबाहेक फुटबल यस्तो खेल हो, जुन खेल्दा वा हेर्दा जे गर्दा पनि रमाइलो हुन्छ ।
Blogger Comment
Facebook Comment