Hot News
Loading...

mobile and women/मोबाइल र महिला/mobile

वर्तमान समय फेसनको चमकदमकमा हिँडेको छ । हरेक मानिस फेसनप्रति सचेत  हुन थालेका छन् । पहिले पहिरनलाई मात्र फेसनका रूपमा बुझ्ने नेपाली समाज क्रमशः एडभान्स हुँदैछ । त्यसो त कतिपय आवश्यकता नजानिँदो तबरले फेसन बनिरहेका हुन्छन् । कुनै समय थियो जतिबेला मोबाइल फोन हाइ- हेल्लोका लागि मात्र प्रयोग गरिन्थ्यो तर अहिले समय बदलिएको छ । संसार यसैभित्र अटाउने प्रविधि थपिदै छन् । सामाजिक प्रतिष्ठाका रूपमा परिचित मोबाइल अहिले आममानिसको आवश्यकता बनेको छ । पछिल्लो प्रविधिले यसलाई अझ फराकिलो र सम्पन्न बनाउँदै लगेको छ । सात समुद्र पारिको अमेरिका होस् वा अन्य जुनसुकै मुलुकमा बसेका साथीभाइ वा आफन्तसँग च्याट गर्नुपर्‍यो, उसलाई हेर्न मन लाग्यो भने कुनै साइबर क्याफे धाइरहनु वा कम्प्युटर लगइन गरी वेभक्याम ओपन गरिरहनु पर्दैन, हातमै भएको मोबाइलको बटम थिचेरै सबै काम क्षणभरमा सम्पन्न गर्न सकिन्छ ।  लोडसेडिङका बखत पनि सम्भव हुने यो प्रविधि सबैका लागि सहज मात्र नभएर आवश्यकता बनिसकेको छ । आइपोड, एमपी फोर, कम्प्युटरजस्ता प्रविधिमा गीत सुन्ने, भ्वाइस रेकर्ड, डकुमेन्टेसनजस्ता एउटै काम गर्न सकिन्छ तर फोन कल गर्न सकिँदैन,  भने मोबाइलमा गीत सुन्ने, भ्वाइस रेकर्ड गर्ने, फोटो खिच्ने, डकुमेन्टेसन गर्ने, एसएमएस गर्नेजस्ता दर्जनौं काम एकैपटकमा गर्न सकिन्छ तसर्थ छोटो समयमै मोबाइल फोनले ख्याति कमाएको मोबाइलका विक्रेता तथा प्रयोगकर्ताहरू बताउँछन् ।

    दु्रत र विविध सेवाका कारण प्रख्यात मोबाइल हाल गोपनीयताका कारण पनि सबैको पि्रय बनेको छ । प्रायः परिवर्तन भैरहने स्टाइल, कलर तथा सुविधाका कारण यसले सबैलाई आफूतर्फ तानिरहेको छ । मानिसको बढ्दो व्यस्ततासँगै सरल जीवनका लागि अहिले विभिन्न कम्पनीले बिजनेस क्लास फोन, महिलाका लागि स्लीम तथा कलरफूल सेट अनि युवाका लागि स्टाइलिस सेट भित्र्याएका छन् । यस्ता सेटमा टच स्त्रिmनका साथ डबल सिम, वाईफाई आदि अत्याधुनिक सुविधा पनि उपलब्ध हुन्छ ।

अहिले नेपाली बजारमा सामसुङ, सोनी, एलजी, नोकिया, मोटोरोला लगायत भर्खरै बजारमा भित्रिएका नयाँ कम्पनी इन्टेक्स, कार्बन, बर्ड, सिजीको अल्काटेल तथा माइक्रोम्याक्सले प्रभुत्व जमाइरहेका छन् । मासिक १ हजारदेखि ५ हजारको हाराहारीमा मोबाइल सेट बिक्री भैरहेको नेपाली मोबाइल बजार अहिले उचाइमा पुगेको छ । सबै कम्पनीका मोबाइल फोनमा इन्टरनेटको सुविधा छ । अधिकांश कम्पनीका मोबाइल सेटमा दुईवटा सीमकार्ड राख्न मिल्ने प्रविधिका साथै सेटमा १ वर्षे तथा ब्याट्रीमा ६ महिने वारेन्टी पाइन्छ ।

ज इन्टरनेसनल



१५ वर्ष पुरानो भारतीय कम्पनी इन्टेक्स टेक्नोलोजी इन्डिया लिमिटेडको सोल डिस्टि्रब्युटर्सका रूपमा काम गर्दै आएको बीज इन्टरनेसनलले ३ महिनाअघिदेखि हालसम्म १२ मोडलका इन्टेक्स मोबाइल सेट नेपाल भित्र्याएको छ । कम्पनी कलर रातो भए पनि सेटमा मिश्रति कालो रंगले इन्टेक्सका सेट आकर्षक देखिन्छन् । नेपालमै पहिलो पटक ३ वटा सिम प्रयोग गर्न मिल्ने आकर्षक एवं फुल फङ्सनयुक्त मोबाइल सेट भित्र्याएर चर्चामा आएको बीज इन्टरनेसनले आफूले बिक्री-वितरण गरिरहेका मोबाइल सेटमध्ये टच सिरिज ६६२२ आई र ६६२३ आईका लागि १ र २ जीबी मेमोरी कार्ड सित्तैमा दिने स्किम ल्याएको छ । निकट भविष्यमा इन्टेक्सका प्रत्येक मोबाइल सेटमा निःशुल्क मेमोरी कार्ड दिने स्किम ल्याउने तयारीमा रहेको बीज इन्टरनेसनलका प्रबन्ध निर्देशक अमित बताउँछन् । अमित भन्छन्- रंग छनोटमा विविधता, सिंगल सीडीएमए विथ हाइ स्पिड इन्टरनेट -आइनेट), सेटमा १ वर्षे र ब्याट्रीमा ६ महिने वारेन्टीका साथै साधारणदेखि उच्च वर्गका मानिसलाई समेत उपयुक्त हुने मूल्य हाम्रा विशेषता हुन् ।

    अमित भारतीय बजार मूल्यको तुलनामा आफूहरूले नेपाली बजारमा ३० देखि ३५ प्रतिशत कम मूल्यमा इन्टेक्सका सेटहरू बिक्री गरिरहेको दाबी गर्दै भन्छन्- अहिलेको परिस्थितिमा मूल्य नै सबैभन्दा ठूलो स्किम हो । २६ सय ५० देखि ७ हजार ९ सय ९० रुपैयाँसम्म पर्ने इन्टेक्सका कुनै सेट रिम कार्डको विकल्पका रूपमा इन्टरनेट चलाउन मिल्ने खालका छन् । मुलुकका प्रत्येक मुख्य सहरमा आफ्नो बजार विस्तार गरिरहेको इन्टेक्स मोबाइलको सर्भिस सेन्टर ताम्राकार हाउस पाको न्यूरोडमा  छ । बिगि्रएको खण्डमा जुनसुकै बेला र जहाँसुकै पनि मर्मत गर्न सकिने इन्टेक्सका सेटहरू नेपाली बजारमा लोकपि्रय हुँदै गएका छन् । विशेष गरी महिलालाई लक्षित गरी उत्पादन गरिएको टच सिरिज ६६२२ आई तथा ६६२३ आईमा समग्र लेटेस्ट भर्सन उपलब्ध छन् ।

  चौधरी ग्रुप इम्पेक्स



नेपाल दूरसंचार प्राधिकरणबाट नेटवर्कका लागि प्रमाणित एलजीका आकर्षक सेट अहिले नेपाली बजारमा उपलब्ध छन् । नेपालका लागि साउथ कोरियन ब्रान्डका यी सेटहरूको आधिकारिक बिक्रेता सिजी इम्पेक्स प्रा.लि. हो । यो फोन गुणस्तरीय सेवाका कारण धेरै मानिसको रोजाइमा पर्ने बिक्रेताहरू बताउँछन् ।

एलजीका नेपाल अधिराज्यभर २८ वटा सर्भिस सेन्टर छन् । २ हजार २ सयदेखि ३५ हजारसम्ममा यसका सेट उपलब्ध छन् । युवा, महिला, व्यवसायीलगायत हरेक वर्गलाई लक्षित गरी एलजी मोबाइल सेट निर्माण गरिएको छ । युवालाई केन्द्रबिन्दुमा राखेर यसले गुलाबी, सिल्भर तथा कालो रंगका कुकी सिरिज बजारमा ल्याएको छ । यसका कुकी पप, कुकी प|mेस, कुकी प्लस तथा कुकी गरी चार मोडल छन् । कुकी पप जीडी ५१० ले महिलालाई आकषिर्त गर्छ । यसमा एक्स्ट्रा हाउजिङको सुविधा छ । कुकी सिरिजमा टच स्त्रिmन, सोसल नेटवर्किङ, मल्टी मिडिया प्लेयर आदि सुविधा उपलब्ध छन् । फेसनेबल मानिसहरूलाई लक्षित गर्दै एलजीले नयाँ बीएल २० भी पनि बजारमा ल्याएको छ । यसमा ५ मेघापिक्सेलको क्यामेरासहित हिडेन नेभिगेसनकी तथा साइड टच कन्ट्रोल सुविधा पनि छ ।

विभिन्न मोडलका सेरिज-कलर तथा एफएम सिरिज, मल्टी मिडिया सिरिज, क्वार्र्टिज सिरिज, थ्रीजी सिरिज, कुकी सिरिज नेपाली बजारमा

भित्रिएका छन् । एलजी अहिले 'भाग्यमा सुनको ढिक्का सबैलाई चाँदीको सिक्का' भन्ने स्किमका साथ प्रस्तुत भएको छ ।









इन्टरनेसनल मार्केटिङ सर्भिसेज प्रा.लि.





लो.कपि्रय तथा गुणस्तरीय सामसुङ मोबाइलको आधिकारिक  बिक्रेता इन्टरनेसनल मार्केटिङ सर्भिसेज प्रालि नेपाली मोबाइल बजारमा आफ्नो वर्चस्व जमाउन सफल छ । नेपालमा सबैभन्दा पहिले सन् २००१ मा मोबाइलको कारोबार सुरु गरेको सामसुङका ३५ मोडल नेपाली बजारमा उपलब्ध छन् । २ हजार २ सय रुपैयाँदेखि ५५ हजारसम्म पर्ने सामसुङका मोबाइल सेट नेपाली बजारमा पाइन्छन् । युवापुस्ताले सर्वाधिक रुचाएको सामसुङ  कर्भीमा ५ कलरयुक्त हाउजिङ, २ जीबी मेमोरी कार्डसहित सम्पूर्ण सुविधा उपलब्ध छन् । मोबाइल हराए फेलापार्न सकिने सफ्टवेयर प्रयोग गरिएका सामसुङका मोबाइल सेट उच्च गुणस्तरीय हुनुका साथै बाइक हि्वसपरमोड, ब्लुटुथ म्यासेन्जर आदि सुविधाले युक्त छन् । कान्तिपुर टेलिभिजनबाट दैनिक प्रसारण हुने कल कान्तिपुरमार्फत आफ्नो वल्र्डकप स्किम स्वरूप लक्की ड्रमार्फत प्रत्येक दिन ३२ इन्च एलसीडी टेलिभिजन उपहार प्रदान गरिरहेको सामसुङका मोबाइल सेटमध्ये ५ देखि २० हजारसम्मका सेट बढी बिक्री भैरहेका छन् । भर्खरै मात्र सामसुङले ग्यालेक्सी एस तथा वेभ गरी २ वटा नयाँ सेट नेपाल भित्र्याएको बताउंँदै कम्पनीका उपाध्यक्ष दीपक मल्होत्रा भन्छन्, 'यो सम्पूर्ण सुविधासहितको स्ट्याडर्ड मोबाइल सेट हो ।' ग्यालेक्सी एसमा १ गिगाहर्ज प्रोसेसर, ५ मेगापिक्सल क्यामेरा, जुनसुकै प्रोग्राम पनि डाउनलोड गर्न सकिने सुविधा, सुपर एमोल्ड सर्चसहित अन्य थुप्रै सुविधा छन् भने वेभ ८५०० मा ५ मेगापिक्सल क्यामेरा, ३ जीबी इन्टरनल मेमोरी कार्ड, १ गिगाहर्ज प्रोसेसर छ ।

  सन् २००९ सम्म सामसुङ मोबाइलमा सफ्टवेयर वारेन्टी मात्र हुन्थ्यो तर २००९ यता सफ्टवेयरलगायत हार्डवेयरमा पनि वारेन्टी सुविधा दिन थालिएको छ । वारेन्टी अवधिभित्र बिगि्रएको खण्डमा पार्टस चेन्ज गरिदिने र म्यानिफ्याक्चरका कारणले बन्दै नबन्ने भए त्यसको साटो अर्को नयाँ फोन दिइने मल्होत्राले बताए । सेटमा १ वर्षे वारेन्टी तथा ब्याट्रीमा ६ महिने ग्यारेन्टी दिइरहेको सामसुङ मोबाइलको सुलभ मूल्य, उच्च गुणस्तर, १ प्रतिशत मात्र रिपेयरिङ दर, कलर र छनोटमा विविधता मुख्य विशेषता हुन् । मोबाइल बजारको करिब २५ प्रतिशत हिस्सा ओगटेको सामसुङले नेपाल अधिराज्यभर १९ वटा क्षेत्रीय आधिकारिक बिक्रेताद्वारा ६ सयभन्दा बढी आउटलेट कभर गरेको छ ।











अरुण इन्टर कन्टिनेन्टल



चौधरी ग्रुपअन्तर्गतको अरुण इन्टर कन्टिनेन्टल अल्काटेल मोबाइलको नेपालस्थित आधिकारिक बिक्रेता हो । ३ महिनाअघि प|mान्सको प्रसिद्ध कम्पनी अल्काटेलका मोबाइल सेट नेपालमा बिक्री-वितरण सुरु गरेको यो कम्पनीका मोबाइल सेटहरू हेर्दा आकर्षक र स्टाइलिस्ट छन् । ९ वटा मोडल हाल नेपाली बजारमा बिक्री गरिरहेको अरुण इन्टर कन्टिनेन्टलले २१ सयदेखि ११ हजार ८ सय रुपैयाँसम्मका सेटहरू नेपाली बजारमा उपलब्ध गराइरहेको छ ।

अल्काटेलका धेरै सेटमा इन्टरनेट, एसएमएस, ब्लुटुथ, एमएमएस, जाभा, म्युजिक प्लेयर, वटर डस्ट प्रुफ, रोबस्ट डिजाइन, १२ घन्टासम्मको भिडियो प्लेब्याक आदि सुविधा छन् । अरुण इन्टर कन्टिनेन्टलका विनीश चौरसियाका अनुसार अल्काटेलका सेटहरू गुणस्तरीय, फेसनेबल तथा सुपथ मूल्यका छन् । फोनको आविष्कारक ग्राहम बेलको कम्पनी अल्काटेलले आफ्नो वाषिर्क उत्पादनका लागि ४ मिलियन डलर खर्च गर्छ । सेटमा १ वर्षे तथा ब्याट्रीमा ६ महिने वारेन्टी सुविधा भएको अल्काटेलका सेटहरूमा कम मूल्यमा बढी सुविधा उपभोग गर्न सकिन्छ । विनीश भन्छन्-हाम्रा सेट हराए नम्बर पत्ता लगाउन सकिने सुविधा पनि छ । अहिलेको एड्भान्स प्रविधिका रूपमा वाइफाई, टि्वटर, जाभा आदि सुविधा पनि अल्काटेलको सेटमा उपलब्ध छ ।

     विभिन्न आधा दर्जन रंगमा उपलब्ध अल्काटेलका हरेक सेटको खरिदमा २ जीबी मेमोरी कार्ड सित्तैमा पाइन्छ । महिलालाई केन्द्रबिन्दु बनाएर उत्पादन गरिएको आइस २३५४ सेटका २ मोडलमा फेसबुक, ओपेरा मिनी, हाइफाइभ, टि्वटर आदि सुविधाका साथै २ मेगा पिक्सल क्यामेरा, म्युजिक प्लेयर विथ माइक्रो एसडी तथा जी सेन्सियर गेम प्रयोग गर्न सकिन्छ । पाको न्यूरोड, विशालबजार, पोखरालगायतका स्थानमा आउटलेट रहेको अल्काटेलको सर्भिस सेन्टर ठमेलमा छ ।











नेटवर्क सोलुसन



करिब ४ महिनाअघि नेपाली बजारमा भित्रिएको माइक्रो म्याक्सका मोबाइल सेटले थोरै समयमै राम्रो व्यापार गरेका छन् । इन्डियन टेलिकमको लिडिङ कम्पनीका रूपमा रहेको माइक्रो म्याक्सका सेट भारतमा  बनेका हुन् । नेपालका लागि यसको आधिकारिक बिक्रेता नेटवर्क सलुसन प्रा.लि. हो । हरेक वर्गका मानिसको पहुँच पुर्‍याउने उद्देश्यले  यसको मूल्य सुलभ राखिएको छ । सेटको मूल्य २१ सय देखि १३ हजारसम्म पर्छ । लामो समयसम्म ब्याट्री टिक्ने तथा डबल सिमका कारण यो फोन सबैको पि्रय बनेको यसका डाइरेक्टर राहुल सचदेव बताउँछन् । यो मोबाइल सेटमा ३० दिनसम्मको ब्याट्री

ब्याकअप क्षमता छ ।

१८ प्रकारका सेट बिक्री गरिरहेको म्याक्सका नेपाल अधिराज्यभर २९ बिक्रेता छन् । माइक्रो म्याक्सको माइक्रो म्याक्स मोबाइल बिल्किङ किउ ५५ अहिलेको लोकपि्रय मोबाइलमा मध्ये एक हो ।

महिलालाई लक्षित गरी बनाइएको किउ ५५का किप्याड कम्प्युटरका जस्तै छन् । यसमा वान टच लन्च फेसबुक, मल्टी इन्सट्यान्ट मेसेन्जर, २ मेघा पिक्सेलको क्यामेरा, पि्र लोडेड ओपेरा मिनी ब्राउसर तथा कम्प्याक्ट भ्यानिटी मिरर छन् । यो फोनमा दुईवटा जीएसएम सिम चलाउन सकिन्छ । त्यसैगरी एक्स १००, एक्स १११, एक्स ११४ मोडलका सेटमा लामो समयसम्म टिक्ने ब्याट्री छ । यी फोनमा कलर स्त्रिmन, एफएम रेडियो, वाटर रेसिस्टेन्स मार्बल किप्याड आदि सेटअनुसार सुविधा उपलब्ध छन् । माइक्रो म्याक्सले अहिले आफ्नो विशेष स्मिकअन्तर्गत यसले ग्राहकलाई २ जीबीको मेमोरी कार्ड निःशुल्क प्रदान गरिरहेको छ ।

   नेपाली बजारमा अन्य थुप्रै मोबाइल कम्पनी भित्रिँदै गए पनि आफ्नो गुडविल आफैंसँग रहने बताउँदै माइक्रो म्याक्सका निर्देशक सचदेव भन्छन्-कुनै ब्रान्डलाई प्रतिस्पर्धीका रूपमा नलिई विभिन्न खालका नयाँ सुविधा उत्पादनमा जोड दिँदै आएका छौं र हामी यही कुरामा पृथक् देखिन चाहन्छौं । 









ग्याजेट  नेपाल



विगत १८ वर्षदेखि चीन तथा हङकङमा तहल्का मच्चाइरहेको बर्ड मोबाइल विगत ५ महिनादेखि नेपाली बजारमा उपलब्ध छ । जसलाई ग्याजेट नेपालले विस्तार गर्दैछ । एसियामा मोटोरोलापछिको दोस्रो उत्कृष्ट कम्पनीमा दरिएको बर्ड मोबाइल तुलनात्मक रूपमा सुलभ छ । २ हजारदेखि १० हजारसम्म पर्ने सेटहरू हाल नेपाली बजारमा उपलब्ध छन् भने आगामी दिनमा २५ हजारसम्मका सेटहरू नेपाल भित्र्याउने ग्याजेट नेपालको लक्ष्य छ । हरेक फोन सेटलाई चराको नामद्वारा नामकरण गरिएका सेटहरू उत्पादन कम्पनीसँग प्रत्यक्ष सम्बन्ध भएका कारण बिगि्रएको खण्डमा सहजै बनाउन सकिन्छ । ग्याजेट नेपालका प्रबन्ध निर्देशक लालबहादुर कार्की भन्छन्-चाइनिज फोन भन्नेबित्तिकै हाम्रो दिमागमा छिटै बिग्रने र बिगि्रएपछि नबन्ने भन्ने सोच छ तर मोबाइल सेटको हाउजिङ राम्रो र बलियो छ भने त्यो भरपर्दो र बढी टिकाउ हुन्छ । हाम्रा सेटमा अन्य सेटमा नभएका सुविधा भ्वाइस चेन्ज अप्सन, भ्वाइस ब्याकग्राउन्ड अप्सन तथा कल अटो एन्सर जस्ता विविध सुविधा उपलब्ध छन् ।

    'बर्डको कमाल लाखौं लाखको मालामाल'  भन्ने बर्ड मोबाइलको स्किम असार १५ गते सकिएको छ भने दसैंका लागि यो

कम्पनीले आकर्षक स्किम तयार पारिरहेको छ । प्रतिमहिना ४ हजार ३ सय सेट बिक्री गर्न सफल बर्ड मोबाइलको सर्भिस सेन्टर वल्र्ड टे्रड सेन्टर काठमाडौं, इटहरी,

नेपालगन्ज, भक्तपुर आदि ठाउँमा छन् । बर्ड मोबाइलको आकर्षक सेट एक्स वान भल्चर सेटमा यामाहा अडियो इन्जिन, अडियो एफएम र भिडियो रेकर्डिङ, याहु एमएसएन फेसबुक, ब्लुतुथ, जाभा सपोर्ट, वाइफाई, ३ दशमलव २ मेगापिक्सल क्यामेरा आदि सुविधा छन् । यो सेट खरिदकर्ताले वान जीबी मेमोरी कार्ड निःशुल्क पाउन सक्छन् भने यसको मूल्य ९ हजार ६ सय ५० रुपैंयाँ छ । सेटमा १ वर्षे तथा ब्याट्रीमा ६ महिने वारेन्टी छ । कार्कीका अनुसार बर्ड मोबाइलका सेटहरू नेपाल दूरसंचार प्राधिकरणबाट उत्कृष्ट नेटवर्कका लागि प्रमाणित छन् ।









पशुपती  ट्रेड लिंक



भारतीय कम्पनी कार्बन मोबाइलको नेपालस्थित आधिकारिक बिक्रेता पशुपति टे्रड लिंकले १ महिनादेखि नेपाली बजारमा कार्बनका २७ वटा मोडलको बजार व्यवस्थापन गर्दै आएको छ । हाल २ हजार ८ सयदेखि ८ हजार ७ सय ५० रुपैंयाँ मूल्यसम्मका कार्वन मोबाइल सेट नेपालमा उपलब्ध छन् । खुद्रा बिक्रेताका माध्यमद्वारा बजार प्रबर्द्धन गरिरहेको यो

कम्पनीले हाल एसएलसी उत्तीर्ण भएका ५० प्रतिशतभन्दा माथि अंक ल्याउने विद्यार्थीका लागि सेट खरिदमा ८ सय रुपैयाँ, ८० प्रतिशतभन्दा माथि अंक ल्याउने विद्यार्थीका लागि १२ सय रुपैयाँ छुट दिने स्किम चलाएको छ । आफ्नो सेटको ब्याट्री लामो समय टिक्ने दाबी गर्दै कार्वन मोबाइलका शिरिश मुरारका भन्छन्-सामान्य वर्गको आवश्यकता पूर्तिका लागि हामीले हाम्रा सेटमा कम मूल्य निर्धारण गरेका छौं तर हामी गुणस्तरमा सम्झौता गर्दैनौं ।

   डबल सीमयुक्त कार्बनका मोबाइल सेटमा भिडियो प्लेयर, एम पी थ्री, एमएमएस, जीपीआरएस, वायप, जाभा, डाटा ट्रान्सफर, क्यामेरा विथ मोसन सेन्सर आदि सुविधा प्रयोग गर्न सकिन्छ ।
Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

SEARCH