गोसाइँकुण्ड मेलाको रौनक Unknown 4:03 AM गोसाइँकुण्ड मेलाको रौनक नेपालको प्रसिद्ध धार्मिक गन्तव्यका रूपमा परिचित रसुवाको गोसाइँकुण्डमा प्रत्येक वर्ष साउन शुक्ल पूणिर्मा -जनैपूणिर्मा) का दिन लाग्ने विशेष मेला सम्पन्न भएको छ । गोसाइँकुण्ड क्षेत्र विकास समितिले यसको विशेष मेलाको -जनैपूणिर्मा) का दिन लाग्ने मेलाको व्यवस्थापन गरेको थियो । ऐतिहासिक पवित्र पर्यटकिय तीर्थस्थलमा सो कुण्डमा स्नान तथा दर्शन गर्न आउने तीर्थालु भक्तजनहरूको संख्या यस वर्ष १० हजार भएको अनुमान छ । गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डीएमका अनुसार पासाङल्हामु मार्ग रसुवाको राम्चे र मुलखर्क क्षेत्रमा पहिरोले अवरुद्ध भएकाले यस वर्ष यात्रीहरू कम देखिए । समुन्द्री सतहदेखि १४ हजार फिट उचाइमा रहेको गोसाइँकुण्डको लम्बाइ ६ सय मिटर छ भने चौडाइ ३ सय ७० मिटर छ । भगवान् महादेवको बासस्थान हिमालयको काखमा रहेको गोसाइँकुण्ड स्नान गर्नाले जन्मान्तरदेखिको पापबाट मुक्ति मिल्ने तथा मनले चिताएको भाकल पूरा हुने जनविश्वास रहेकाले बर्सेनि भक्तजनहरूको आगमन ब्ाढ्ने गरेको छ । परम्परादेखि नै मेला लाग्दै आएको ४३८५ मिटर उचाइमा रहेको गोसाइँकुण्डको आसपासमा १ सय ८ वटा कुण्ड छन् भन्ने कुरा विभिन्न धार्मिक ग्रन्थहरूमा उल्लेख छ । गोसाइँकुण्ड कुन् हो भन्ने विषयमा भने विभिन्न ग्रन्थमा भिन्नाभिन्नै भनाइ पाइएको छ । हाल मेला लाग्दै आएको कुण्डभन्दा १ कि.मि. माथि गोसाइँकुण्ड छ पनि भनिन्छ, जुन कुण्डको सीधा माथितिर चिल्लो एक पहरामा त्रिशूल धारा रहेको पनि हेमार्गी चतुर्मणि चिन्तनमणिमा वर्णन गरिएको छ भनेर विभिन्न पुराणविद्हरूले बताएका छन् । हाल मेला लाग्दै आएको कुण्डलाई शिवकुण्ड भनिन्छ । यसरी विभिन्न पौराणिक ग्रन्थ वा पुराणविद्हरूका भिन्नभिन्न कथनले भने अहिले केही अन्योल सिर्जना गरिरहेको छ । गोसाइँकुण्ड पुग्ने तीनवटा प्रमुख द्वार छन् । रसुवाको धुन्चे हुँदै पुग्ने द्वार मुख्य मानिन्छ भने नुवाकोटको हेलम्बुबाट लौरीविनायक पास गरेर आउने अर्को द्वार पनि त्यत्तिकै प्रख्यात छ । रसुवाकै यार्सा वा लोकिलक्षेत्रबाट नौकुण्ड हुँदै पुग्न सकिने अर्को बाटो विकासोन्मुख छ । रसुवातर्फबाट गोसाइँकुण्ड जाँदा सबैभन्दा पुछारमा सरस्वतीकुण्ड पर्छ, जसलाई नागकुण्डको नामले पनि चिनिन्छ । धार्मिक दृष्टिकोणले वर्षमा दुई पटक र पर्यटकीय दृष्टिकोणले वर्षैभरि भीड लाग्ने गोसाइूकुण्डले अन्य जिल्ला तथा मुलुकसँगको सम्बन्ध प्रगाढ बनाएको छ । अन्य क्षेत्रसँगको मितेरी सम्बन्धसँगै गोसाइँकुण्डले यहाँका जनताको गाँसको प्रबन्ध मिलाउन पनि सहयोग पुर्याइरहेको छ । मेलाको बेला भने उचित व्यवस्थापन गर्न नसक्दा तीर्थालुहरूलाई मेला व्यवस्थापक तथा रसुवावासीले पर्याप्त सेवा पुर्याउन सकिरहेका छैनन् । Share on Facebook Share on Twitter Share on Google Plus About Unknown This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel. RELATED POSTS
Blogger Comment
Facebook Comment