Hot News
Loading...

फिल्मफेयरले सुनीललाई मनोनयनमै राखेन

काठमाडौ, माघ ७ - निजी क्षेत्रबाट सञ्चालित भारतीय फिल्म अवार्डमा फिल्मफेयर सर्वाधिक प्रतिष्ठित र पुरानो हो। यसको ६० औं संस्करणको अवार्डका लागि उत्कृष्ट पाँचको मनोनयन मंगलबार सार्वजनिक भएको छ।

गतवर्ष रिलिज 'मेरी कोम' बाट सपोर्टिङ रोलमा अभिनय गरेका नेपाली अभिनेता सुनील थापा भने मनोनयनमै पर्न सकेनन्। मनोनयनका लागि फिल्मफेयरले सुनीललाई पनि भोटिङ लिस्टमा राखेपछि सोसल साइटको सहारामा क्याम्पेन नै चलेको थियो। तर सपोर्टिङ रोलको उक्त विधामा भने 'हयाप्पी न्यु इयर' बाट अभिषेक बच्चन, 'हैदर' बाट केके मेनन, 'एक भिलेन' बाट रितेश देशमुख, 'टु स्टेट' बाट रोणित रोय र 'मर्दानी' बाट ताहिरराज भासिन छनोट भएका छन्।

'मेरी कोम' मा सुनील प्रमुख भूमिकामा खेलेकी प्रियंका चोपडाको बक्सर गुरुको महत्त्वपूर्ण भूमिकामा खेलेका छन्। उत्कृष्ट फिल्ममा मनोनीत भएको 'मेरी कोम' बाट प्रियंका पनि अभिनेत्रीको विधामा परेकी छन्। छ अभिनेत्री छनोट भएको उक्त विधामा प्रियंकाका अलावा आलिया भट्ट (हाइवे), कंगना रानावत (क्वीन), माधुरी दीक्षित (डेढ इश्कियाँ), रानी मुखर्जी (मर्दानी) र सोनाम कपुर (खुबसुरत) पनि छानिएका छन्।

अभिनेतातर्फ भने उत्कृष्ट फिल्ममा समेत परेको 'पीके' का आमिर खान, 'हैदर' का शाहिद कपुर, 'ब्याङ ब्याङ' का हृतिक रोशन, 'होलिडे' का अक्षय कुमार र 'रंग रसिया' का रणदीप हुडा फिल्मफेयर अवार्डका लागि मनोनयनमा परेका छन्। उत्कृष्ट फिल्ममा 'पीके', 'क्वीन', 'मेरी कोम' सँगै 'हैदर' र 'टु स्टेट' को प्रतिस्पर्धा हुने भएको छ।


Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

SEARCH