काठमाडौं । एमाओवादी आफैले रचेको नौटंकी संविधानसभाको नाचमा नराम्रो संग पछारियो । लगत्तै संविधानसभाको चुनाव धाँधली हो, हामी सहभागी हुँदैनौ भनेर हुंकार गर्यो तर लोभको भाँडो छताछुल्ल भए पछी पुन: संविधानसभामा जानलाई खुट्टो उचाल्यो । वैचारिक स्वखलनको हुर्मतले समानुपातिक सभासदको चयनमा पुग्दा कार्यकर्ता बीच कुटाकुटकै अवस्थामा पुग्यो । हानामार अब नेताहरुमा पनि सर्दै गएपछी हिसिला यमीले प्रचन्डलाई मर्नेबेलामा मलामी पनि नपाउने घोषणा गरेकी छिन् ।
‘नक्कलीको बीस वटा पोइ, मर्नेबेलामा कोही न कोही’ भन्ने नेपाली उखानजस्तै प्रचन्डको पनि अन्तिममा त्यही हालत हुने हिसिला यमीले धेरैपटक भविष्यवाणी गरेकी छिन् ।
विचार र राजनीतिभन्दा पनि चतुर्याइ र षडयन्त्रको मुख्य बलमा नेता बनेकाले यिनले दीर्घकालिक हुनै नसक्ने उनको भनाइ छ । हिसिलाले त यतिसम्म भन्छिन कि अन्तिममा प्रचण्डको मलामी जाने आफन्तवाहेक कोही रहँदैनन् । रुसी राष्ट्रपति यल्त्सिनको समेत आफन्तसहित एक दर्जनमात्र मलामी थिए । हुन पनि प्रचण्डका लागि अन्तिममा आफ्नै परिवारका सदस्यभन्दा अरु कोही रहने छाँट देखिएको छैन् । प्रचण्डलाई अहिले पनि जतिले समर्थन र ऐक्यबद्धता जनाएका छन्, अधिकांशले कुनै न कुनै भौतिक उत्प्रेरणाविना गरेकै छैनन् ।
शान्ति प्रक्रियामा आएपछि प्रचण्डले विचार र राजनीतिभन्दा पनि आर्थिक र पद बाँडेर तथा लुट्न लगाएर आफ्नो बनाएका छन् । प्रचण्डको पक्षमा लागेका अधिकांश गाउँदेखि जिल्ला, केन्द्रसम्मका नेता तथा कार्यकर्ताहरुले ठेक्का, चन्दा, तस्करी लगायतमा जोडिएकै छ । नजोडिएकालाई प्रचण्डले आर्थिक वा अन्य केही सुविधा दिएकै छन् । पछिल्लो समय विचार,राजनीतिभन्दा भौतिक उत्प्रेरणाले मात्र आफ्नो बनाएकाले उनले सबैलाई दिन नसक्ने अवस्था आयो, जसका कारण उनको विरुद्ध उभिएका छन् ।
गुट अन्तरसंघर्षलाई बाबुराम र नारायणकाजीले सापेक्षिक मिलाए पनि प्रचण्डको गुट विघटनको अवस्थामा छ । उपयोगितावादी प्रचण्डलाई त्यही विधिले हल गर्नखोज्दा तिनले पछिल्लो समयमा घाटा वाहेक तिनलाई केही हात लागेको छैन्
Blogger Comment
Facebook Comment