Hot News
Loading...

सीके राउत भेट्ने युरोपेली कूटनीतिज्ञलाई सरकारको चेतावनी कूटनीतिक मर्यादामा बस्न आग्रह

Ram-saran-mahar-and-mahendra-pandey

८ माघ, काठमाडौं । युरोपेली युनियनका प्रतिनिधिहरुले स्वतन्त्र मधेसका अभियन्ता सीके राउतसँग भेट गरेकोमा नेपाल सरकारले आपत्ति जनाएको छ ।


परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे र अर्थमन्त्री डा. रामशरण महतले बिहीबार नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधिहरुसँग होटल र्‍याडिसनमा छलफल गरेका थिए । उक्त छलफलमा परराष्ट्रमन्त्री पाण्डेले सीके राउतको नाम नलिर्इ नेपालको सार्वभौमसत्ता र राष्ट्रिय हितलाई हानी पुग्ने ‘मोटिभ’ नगर्न आग्रह गरेका छन् ।

युरोपेली राष्ट्रका केही कूटनीतिज्ञले हालै मात्र पर्यटक बस रिजर्व गरेर चितवनमा गर्इ सीके राउतसँग गोप्य भेट गरेको सूचना सरकारले पाएको थियो ।

राउत मधेसलाई नेपालबाट अलग गर्नुपर्छ भन्ने अभियान चलाइरहेका छन् । राउतलाई युरोपियन युनियनका प्रतिनिधिका साथै नर्वे, डेनमार्क र स्वीट्जरल्याण्डका कूटनीतिज्ञ चितवन पुगेको परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ ।

यसअघि नै धर्म निरपेक्षतासम्वन्धी प्रतिक्रिया दिएर झस्किएका बेलायती कूटनीतिज्ञ भने राउत भेट्ने टोलीमा सहभागी थिएनन् । त्यस्तै जर्मन कूटनीतिज्ञ पनि भेटमा सहभागी नभएको सूचना मन्त्रालयलाई आएको थियो ।
Foreign-diplomats

कूटनीतिक मर्यादामा बस्न आग्रह


सरकारका दुई मन्त्रीले कूटनीतिक नियोगका प्रतिनिधिहरुलाई नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे समेत जानकारी गराएका छन् ।

आफूहरु सहमतिमै अघि बढ्न चाहेको र संविधानसभा अध्यक्षले माओवादी नेताहरुसँग छलफल गरिरहेको भन्दै अन्तराष्ट्रिय समुदायलाई जानकारी गराएका छन् ।

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

SEARCH