Hot News
Loading...

क्यु.पि.आर.लाई हराएसँगै एभर्टन दशौं स्थानमा उक्लियो

काठमाडौं, पौष १ । इंग्लीश प्रिमियर लिग फुटबल अन्तर्गत गएराती भएको खेलमा एभर्टनले क्विन्स पार्क रेन्जर्स क्यु.पि.आर.लाई ३-१ ले हराएको छ । आफ्नै मैदान गुडिसन पार्कमा भएको खेलमा एभर्टनलाई विजयी गराउन रोस बार्कले, केभिन मिरालास र स्टेभेन नेईस्मिथले एक एक गोल गरे ।
जारी सिजनमा बार्कलेको यो पहिलो लिग गोल हो । जीतसँगैएभर्टन प्रिमियर लिग अंक तालिकाको दशौं स्थानमा उक्लिएको छ ।
१६ खेलबाट उसको २१ अंक भएको छ । लिग तालिकामा ३९ अंकको साथ चेल्सी शिर्ष स्थानमा छ भने ३६ अंकको म्यान्चेस्टर सिटी दोस्रो तथा ३१ अंकको म्यान्चेस्टर युनाईटेड तेस्रो स्थानमा रहेका छन् ।

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

SEARCH