Hot News
Loading...

गौतमबुद्ध विमानस्थलको शिलान्यास माघ १ गते


गौतमबुद्ध विमानस्थलको शिलान्यास माघ १ गते



काठमाडौं : भैरहवाको गौतमबुद्ध विमानस्थललाई स्तरोन्नति गरी अन्तर्राष्ट्रिय स्तरको बनाउने काम माघ १ गते सुरु हुने भएको छ। प्रधानमन्त्री सुशील कोइरालाले विमानस्थलको शिलान्यास गर्ने तयारी भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ।



प्राधिकरणका अनुसार शिल्यान्यास भएको तीन वर्षमा अन्तर्राष्ट्रिय स्तरको हुनेछ। यो विमानस्थल चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एअरपोर्ट कन्स्ट्रक्सनले निर्माण गर्ने भएको छ।

एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा यो विमानस्थल स्तरोन्नति गरी अन्तर्राष्ट्रिय स्तरको बनाउन लागिएको हो। यो विमानस्थल स्तरोन्नति गर्ने जिम्मा पाएको दक्षिण एसिया पर्यटन पूर्वाधार विकास आयोजनाले गरेको ग्लोबल टेन्डरमा नर्थवेस्ट छनोट भएको हो।



यो कम्पनीले विमानस्थल निर्माणको काम माघ १ देखि औपचारिक रूपमा सुरु गर्ने तयारी गरिरहेको छ। नर्थ वेस्टले ६ अर्ब २२ करोड ५१ लाख २० हजार दुई सय २७ रुपैयाँ ९१ पैसामा यो विमानस्थल निर्माणको जिम्मा पाएको नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ।
भैरहवामा हाल १५ सय मिटरको धावनमार्गमा सञ्चालन भइरहेको यो आन्तरिक विमानस्थललाई तीन हजार मिटरको धावनमार्गसहित वाइड बडीका जहाज अवतरण गर्न सकिने गरी अन्तर्राष्ट्रिय स्तरको बनाउने योजना छ।
भैरहवामा हाल १५ सय मिटरको धावनमार्गमा सञ्चालन भइरहेको यो आन्तरिक विमानस्थललाई तीन हजार मिटरको धावनमार्गसहित वाइड बडीका जहाज अवतरण गर्न सकिने गरी अन्तर्राष्ट्रिय स्तरको बनाउने योजना छ।

प्राधिकरणले यो विमानस्थल स्तरोन्नति गर्न आठ अर्ब ५५ करोड रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरेको छ। पहिलो चरणको सिभिल वर्कको काम सकिएपछि इक्युपमेन्टका लागि पुन: ग्लोबल टेन्डर हुने पनि प्राधिकरणको भनाइ छ।

भौतिक पूर्वाधारको निर्माणअन्तर्गत तीन हजार मिटरको धावनमार्ग, धाग्रा खोलाको डाइभर्सन, पार्किङ वे (एप्रोन), टर्मिनल भवनलगायतका संरचना बन्ने भएको छ। एप्रोन तथा धावनमार्ग लाइटसहितको काम पनि पहिलो चरणमा नै हुने भएको छ।


यो विमानस्थलको सिभिल वर्कको काममा आन्तरिक टर्मिनल भवन, ६ मध्ये दुईवटा जहाजका लागि एप्रोन, कार्गो भवनसहितका पूर्वाधार भने प्राधिकरण आफैंले निर्माण गर्ने भएको छ।

यो विमानस्थलको स्तरोन्नतिपश्चात् काठमाडौं आउने अन्तर्राष्ट्रिय उडानका जहाज अवतरण गर्ने विकल्प तयार हुने प्राधिकरणले जनाएको छ। स्तरोन्नतिपश्चात् गौतमबुद्ध विमानस्थलमा एअरबसको ए ३४० र बोइङको ७७७ सम्मका ठूला जहाज अवतरण गर्न सकिन्छ


विमानस्थलको निर्माण कार्यपश्चात् काठमाडौंस्थित एउटै मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा भएको जहाजको अधिक चाप नियन्त्रण गर्न सहयोग पुग्ने प्राधिकरणको भनाइ छ। यस विमानस्थलको स्तरोन्नतिसँगै सन् २०२० सम्ममा ६० लाख यात्रु धान्न सक्ने गरी गुरुयोजना निर्माण भएको पनि प्राधिकरणले जानकारी दिएको छ।
यो पनि पढ्‍नुस्..
६ अर्ब २२ करोडमा नर्थवेस्टलाई गौतमबुद्ध विमानस्थल निर्माणको जिम्मा


भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस




Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

SEARCH