Hot News
Loading...

पोखरा-दुई महिनादेखि जेलमा थिए, पर्वत– शंकरपोखरीका प्रदीप भुसाल। उनलाई आरोप थियो– आफूले मन पराएकी केटीलाई भगाएर बलात्कार गरेको।

पोखरा-दुई महिनादेखि जेलमा थिए, पर्वत–
शंकरपोखरीका प्रदीप भुसाल। उनलाई आरोप थियो–
आफूले मन पराएकी केटीलाई भगाएर बलात्कार गरेको।
प्रेमिकाका परिवारले उनलाई बलात्कार मुद्दामा हिरासत पुर्याए।
मंगलबार
प्रेमिका अल्सना रानामगर स्वयं अदालत उपस्थित भएर आफूलाई कसैले
बलात्कार नगरेको बरु प्रदीपसँग प्रेम रहेकाले भागेर बिहे
गरेको बयान दिएपछि उनी हिरासतमुक्त मात्र भएनन्, अदालतमै
वैधानिक रुपले जीवनसाथीसमेत पाए।
फिल्मी शैलीको छ,
उनीहरूको कहानी। प्रदीपलाई जेल
हालेपछि अल्सनालाई झूटो बकपत्र दिन परिवारको दबाब थियो। तर,
कसैको पर्बाह नगरी उनले मंगलबार
कास्की अदालतमा एकअर्काबीच प्रेमसम्बन्ध भएर
बिहे गरिसकेको बयान दिइन्। उनकै बयानका आधारमा अदालतले
प्रदीपलाई कसुर नठहर्ने गरी सफाइ दियो।
पर्वत, कुस्माको स्कुलमा १० कक्षा पढ्दै गरेकी अल्सनालाई
आफन्तले अरूसँगै बिहे गराइदिने चाँजो मिलाएका थिए। तर,
उनी प्रदीपलाई कुनै हालतमा छाड्न चाहँदैनथिन्।
त्यसैले दुवै जना असोज १९ गते पोखरा आए र
फेवातालबीचको तालबाराही मन्दिरमा बिहे गरे।
अन्तरजातीय बिहेलाई अल्सनाको परिवारले नरुचाए
पनि प्रदीपको परिवार २१ गते दुलही भिœयाउन तयार
भएर बसेको थियो।
शंकरपोखरी–७ भुसाल गाउँस्थित
प्रदीपको घरमा रत्यौली चल्दै थियो। पोखराबाट
दुलहादुलही मोटरमा जाँदै थिए। तर, उनीहरू घर
पुग्न पाएनन्। बरु प्रदीप जेलमा थुनिएको खबर पुग्यो।
‘मेरा आफन्त आएर हामी दुवैलाई कुटपिट गरे,' अल्सनाले
घटना सुनाइन्, ‘उहाँलाई पुलिसकहाँ लगे। मलाई घरमै थुने।' एक दिन पर्वत
प्रहरीको थुनामा राखिएका प्रदीपविरुद्ध
अल्सनाकी आमाका तर्फबाट जाहेरी पर्योम।
पोखराको होटलमा लगेर बलात्कार गरेको भन्दै
कास्की अदालतमा मुद्दा हालियो।
‘मुद्दा चलिरहँदा पनि त्यसलाई फसाउन पर्छ भनेर मलाई थर्काए,' अल्सनाले
भनिन्, ‘बकपत्र दिन आउने अघिल्लो दिन त प्रहरीकैमा लगेर
भोलि झूटो बोल् भन्दै तर्साए। मैले हुन्छ भन्नेपछि अदालत आउन दिए।' तर,
अदालत आएपछि उनले यथार्थ नलुकाई आफ्नो मनखुसीले बिहे
गरेको बकपत्र गरिन्। त्यही आधारमा प्रदीप
आरोपमुक्त भए।
‘पीडित भनिएकैले आफूखुसी मन्जुर भएर बिहे
गरेको बताएकाले अभियुक्तले कसुर गरेको ठहर्ने देखिएन,' मंगलबार एकल
इजलासबाट फैसला सुनाउँदा कास्कीका जिल्ला न्यायाधीश
रामप्रसाद ओलीले भने। १६ वर्षभन्दा माथि उमेर
पुगिसकेका केटाकेटीले राजीखुसी बिहे
गरेको, डाक्टरी रिपोर्टले पनि उमेर पुगेको देखाएको र दुई
जनाबीचको मोबाइल सन्देशबाट पनि गहिरो प्रेमसम्बन्ध
देखिएको कारणलाई आधार मानेर अदालतले प्रदीपलाई कसुरमुक्त
ठहर्याटएको स्रेस्तेदार दीनबन्धु बरालले
जानकारी दिए। प्रदीपले मुक्ति पाएपछि दुवैले आफूहरु
लोग्नेस्वास्नी भएको कानुनी कागजसमेत
गरी अदालतको प्रांगणमा पुनः बिहे गरेका हुन्।
‘साँचो माया भनेको साँचो नै हो,' प्रदीपले
आफ्नी प्रेमिकाप्रति गर्वबोध गरे। उनलाई पनि अर्कैसँग बिहे
गर्न खोजिदिँदा प्रदीपले
दायाँबायाँ केही नसोची स्विकारेका थिए। ‘मेरो बिहे अन्तै
गर्दिन लागे, तपाईं लिन आउनुस्, नभए म मर्छु भनेर फोन गरिन्,'
प्रदीपले सुनाए, ‘मैले धोका दिएको भए अनर्थ हुन सक्थ्यो, उनले
धोका दिएको भए मलाई पनि जेल हुन सक्थ्यो। धोका दिएनौं। साँचो मायाले दुवैलाई
जोगायो।'
Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

SEARCH