Hot News
Loading...

चर्चमा आगजनी, १० जना मारिए (तस्विर सहित)

फ्रेन्च साप्ताहिक व्यंग्य पत्रिका चार्ली हेब्डोको कार्यालयमा भएको आक्रमणको विरोध भइरहेका बेला इस्लामीहरु चार्ली हेब्डोको कार्टुन प्रकाशनको क्रोध पोखिरहेका छन् ।Nigeria Violence 6

पेरिसस्थित पत्रिकाको कार्यालयमा आक्रमण भएको एक हप्तापछि गत बुधबार प्रकाशनमा आएको नयाँ अंकमा मुस्लीम धर्मगुरु पैगम्बर मोहम्बद राईरहेको कभर पृष्ठ राखिएको विरोधमा पाकिस्तान लागायत थुप्रै मुस्लीम मुलुकमा विरोध भइरहेको छ । जुन अंक हाल सम्म २० लाख प्रति वढी विक्रि भईसकेको छ । कार्टुन छापेकै विषयलाई लिएर अफ्रिकी मुलुक नाइजेरियामा हिंसा भड्कीएको छ ।




नाईजेरियामा शनिबारदेखि उग्र प्रदर्शन सुरु भएको हो । आईतबार दोश्रो दिन पनि प्रदर्शन जारी छ । हिंसामा परी हाल सम्म १० नागरिकको मृत्यु भईसकेको छ । नाइजेरियामा प्रदर्शनकारीले सात चर्चमा आगजनी गरेका छन् ।Nigeria Violence 6


चर्चमा आगो लगाउनु अघि हजार बढी यूवाले त्यहाँको ठूलो मस्जीदमा हमला गरेको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् । मस्जीद अगाडि राखिएका गाडी समेत जलेका छन् ।Nigeria Violence 6

प्रहरीमाथि ढुंगा प्रहार गरेका प्रदर्शकारीलाई हटाउन प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ । प्रहरी हस्तक्षेप पछि भागदौड मच्चीँदा पाँच प्रदर्शनकारीको मृत्यु भएको र कयौं घाईते भएका प्रत्यक्षदर्शीले जनाएका छन् ।

Nigeria Violence 6
नाईजर राष्ट्रपति महमदोउ इसोफोउले शनिबार भएको झडपमा मारिएका मध्ये पाँच जना स्थानीय नागरिक रहेको बताएका छन् । मृतक मध्ये चार जना गिरजाघर भित्र जलेको अवस्थामा भेटीएका राष्ट्रपति इसोफोउले बताए ।

इसोफोले भने, “घटनाको छानविन सुरु गरिएको छ, घटनामा जिम्मेवार तत्वलाई कुनै हालतमा छोडिदैंन ।” नाइजेरियालाई फ्रान्स भन्दा बढी चोट परेको छ । नाइजेरियामा फ्रान्सको निकै प्रभाव छ ।Nigeria Violence 6

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

SEARCH