Hot News
Loading...

duplicate buddha born place

बुद्ध जन्मभूमिबारे फैलिएको भ्रम हटाउने• एनआरएन चीनको अधिवेशन



भारतले गौतम बुद्ध आफ्नो देशमा


जन्मिएको भनेर विभिन्न सञ्चार माध्यमबाट भ्रम फैलाउँदै आएपछि चीनलगायत कैयौं देशमा त्यसको असर परेको छ । बुद्धको जन्मस्थल नेपालको लुम्बिनीमा जन्मेको स्पष्ट हुँदाहुँदै पनि भारतले गलत प्रचार गरिरहेको छ । भारतले अहिले कपिलवस्तुसँग सीमा जोडिएको अलिगढवामा... लुम्बिनीको हुबहु नक्कल गरी नक्कली लुम्बिनी र तिलौराकोट निर्माण गरेको छ ।


बुद्धको जन्मभूमिबारे विश्वभर सही जानकारी प्रवाह गर्नका लागि चीनमा रहेको गैरआवासीय नेपालीहरूले खेल्नसक्ने भूमिकाका बारेमा अधिवेशनले जोड दिनेछ । एक अर्ब ३३ करोड जनसंख्या भएको चीनमा सबैभन्दा बढी बौद्ध धर्मावलम्बी र दोस्रोमा ताओ धर्मावलम्बी छन् । विश्व जनसंख्याको १९ प्रतिशत भाग ओगट्ने चीनमा त्यहाँ बौद्ध दर्शन सबैभन्दा द्रुतगतिमा बढेको छ ।


भारतले बुद्ध आफ्नै देशमा जन्मेको दाबी गर्दै नक्कली लुम्बिनी र तिलौराकोट बनाइरहेको छ । नेपाल सरकारले कुनै प्रतिक्रिया व्यक्त गरेको छैन । अधिवेशनमा छलफल तथा हालसम्म एनआरएन चीनलाई सहयोग गर्दै आएका व्यक्ति तथा संस्थाहरूलाई सम्मान गर्ने कार्यक्रम तय भएको त्यहाँस्थित सहयोगी ध्रुव पौडेलले बताएका छन् ।


आयोजक समितिका संयोजक एवम् एनआरएन-चीनका महासचिव सुन्दर थापाका अनुसार अधिवेशनमा एनआरएनका अध्यक्ष देवमान हिराचन र चीनका लागि नेपाली राजदूत टंकप्रसाद कार्की पनि उपस्थित हुनेछन्
Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

SEARCH