एमाओवादी अध्यक्ष प्रचण्डले संविधानसभामा बहुमत अल्पमत नहुने बताए । सरकारमा बहुमत अल्पमत हुने भए पनि संसारमा काँहि पनि बहुमतबाट नभई सहमतिमै संविधान बन्ने गरेको प्रचण्डको तर्क छ । प्रचण्डले भने-‘सरकारमा बहुमत अल्पमत भएपनि संविधानसभामा बहुमत अल्पमत हुँदैन । संविधान सहमतिबाटै निर्माण गर्नुपर्छ ।
माओवादी संघीयतामा सहमति भए शासकीय स्वरुपमा फरक मत राखेर जान तयार भएपछि सहमतिको वातावरण बनेको भन्दै उनले भने-‘हाम्रो लचकतालाई कमजोरी जस्तो बनाएर कांग्रेसका सहमति नचाहने नेताहरु सक्रिय भए ।’
पछिल्लो राजनीतिक घटनाक्रमबारे स्पष्टीकरण दिन नयाँ बानेश्वरको अल्फा हाउसमा बुधबार आयोजित पत्रकार सम्मेलनमा एमाओवादी अध्यक्ष प्रचण्डले डेढ घण्टासम्म भएको कुराकानीमा ओली सकारात्मक देखएकिो बताए ।
न्याय प्रणाली, निर्वाचन प्रणाली, नागरिकता लगायतका सहमति भएका विषयलाई मस्यौदासमितमा पठाउने र फेरि छलफल गरी संघीयतामा सहमति गरेपछि शासकीय स्वरुपमा फरक मत राखेर जान आफूहरु सहमति भइसक्दा पनि प्रधानमन्त्रीसहितका केही नेताहरुले भाँडेर ‘सहमति भएन, अब प्रक्रियामा जानुपर्छ’भनेर बिथोलेको प्रचण्डले बताए ।
नले भने-सहमति भाँड्न प्रधानमन्त्री आफैं सक्रिय हुनुभो । प्रधानमन्त्री आफैं अब प्रक्रियामा जाने प्रक्रियामा भन्न थाल्नुभो र सहमतिको कुरा गर्दा इरिटेशन जस्तो गर्नु भो ।’
यद्यपि उनले सहमति हुन नदिने अन्य नेताहरुको नाम भने लिन चाहेनन् । ‘तपाई पत्रकारहरु सुक्ष्मदर्शक पनि हुनुहुन्छ’ प्रचण्डले भने-सहमति भाँड्ने भँडुवाहरु को-को हुन्, तपाईहरुले चिन्नुभएकै छ, तिनीहरुले सहमति हुन दिएनन् ।’
केपी ओलीसँगको डेढ घण्टाको वार्तामा मिडियामा पनि सहमतिको सन्देश गइसकेकाले सहमति गरेर अघि बढौं भन्ने कुराकानी भएको प्रचण्डले बताए । ‘मैले अब टुंग्याउने ढंगले जाउँ । माघ ८ मा एउटा पोलिटिकल स्टेटमेन्ट दिउँ भन्दा उहाँ धेरै नेगेटिभ जस्तो देखिनु भएन ।’
तर, सहमति हुन नदिने नेताहरुले न्याय प्रणाली, निर्वाचन प्रणाली र शासकीय स्वरुपमा सहमति भइसक्यो, मस्यौदामा पठाउँ भनेर विगारेको उनले बताए । प्रचण्डले भने-हामीले संघीयतामा सहमति भयो भने शासकीय स्वरुपमा फरक मत राखेर जान तयार छौं भनेको कुुरालाई टि्वस्ट गरियो ।’
संविधानसभामा बहुमत-अल्पमत हुँदैन
दोस्रो संविधानसभामा आफूहरु तेस्रो दल बने पनि बाह्रबुँदे सहमति र सम्झौताको औचित्य नसकिएको भन्दै प्रचण्डले सहमतिका आधारमा संविधान बन्नुपर्ने बताए ।
प्रचण्डले बहुमतीय प्रक्रियामा जाने प्रयासलाई विकास काले विपरित बुद्धि भनेका छन् । तत्कालीन राजा कसैको समर्थन नहुँदा पनि जवरजस्ती अघि बढ्दा त्यो अविगत भएको उदाहरण दिँदै उनले भने-विगतका सहमति र सम्झौताबाछ पछि हट्नेहरु नै द्वन्द्वका श्रृजनाकर्ता हुन् ।’
एमाओवादी नेता डा. बाबुराम भट्टराईले कांग्रेस र एमालेले प्रक्रिया प्रक्रिया भनेर माघ ८ मा संविधान बन्न नदिने माओवादी हो भन्ने भ्रम पार्न खाजेको बताए । ‘प्रक्रियामा जाँदा १२० भन्दा बढी दिन लाग्छ । सहमतिबाट मात्र तत्काल संविधान जारी गर्न सम्भव हुन्छ’ उनले भने-‘माघ ८ भनिराख्ने र आन्दोलनकारीलाई दोष दिन खोजिएको हो कि भन्ने देखिन्छ ।होइन भने चार महिनालाई बाटो कि रोजियो ?’
Blogger Comment
Facebook Comment