Hot News
Loading...

ओलीले भने, ‘संविधान बनाउन आएका क्रान्तिकारी’ ले आक्रमण गरेको बताए

काठमाडौं, माघ ६– एमाओवादीसहित विपक्षी मोर्चाका सभासद्हरुले
संविधानसभाको बैठकमा तोडफोड गर्ने क्रममा एमाले अध्यक्ष
केपी ओलीसमेत आक्रमण गरेका छन् । कांग्रेस सचेतक
चीनकाजी श्रेष्ठलाई प्रस्ताव समिति प्रस्तुत गर्न सभाध्यक्ष सुवास
नेम्वाङले अनुमति दिएलगतै विपक्षी सभासद्हरु
आक्रमणमा उत्रिएका हुन् ।
KP oli
आक्रमणमा उत्रिएलगत्तै एमाओवादी सभासद्ले केपी ओलीलाई माइक
प्रहार गरेका थिए । ओलीलाई आक्रमण भएपछि उनलाई जोगाउन
गएका एमाले सभासद् ऋषिकेश पोखरेल पनि आक्रमणको शिकार
भएका छन् ।
एमाले अध्यक्ष केपी ओलीले भने, ‘संविधान बनाउन
आएका क्रान्तिकारी’ ले आक्रमण गरेको बताए । सञ्चारकर्मीसँग
कुरा गर्दै उनले भने, ‘अहिले नामसाम केही पनि नभनुम, उनीहरुलाई
चिन्नु पनि जरुरी छैन्, तर म यस्ता घटनाबाट भने डराउने छैन् ।’ भन्दै
त्यसको प्रतिवाद गर्नुनपर्ने बताए ।
बैठकपछि एमाले उपाध्यक्ष विद्यादेवी भण्डारीले
एमाओवादी नेता बाबुराम भट्टराईको प्रत्यक्ष निर्देशनमा आक्रमण
भएको बताइन् ।

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

SEARCH