Hot News
Loading...

डडेलधुरामा बजार बन्द गराउँदै हिँडेका एमाओवादीका नेतालाई स्थानीयले कुटेका छन् ।

अछाम : डडेलधुरामा बजार बन्द गराउँदै
हिँडेका एमाओवादीका नेतालाई स्थानीयले कुटेका छन् । बन्द
गराउने एमाओवादीका नेता कार्यकर्ता र
प्रतिकारमा उत्रेका व्यापारीबीच बागबजार र
तुफानडाँडामा बिहान झडप भएको थियो ।
झडपमा प्रतिकार टोलीको मुक्का प्रहारबाट
एमाओवादीका जिल्ला इन्चार्ज पदमराज जोशी, सचिव उमेश भट्ट
र सहसचिव लक्ष्मी धिक्त घाइते भएका छन् ।
घाइते तीनै नेताको डडेलधुरा उपक्षेत्रीय अस्पतालमा उपचार
भइरहेको जिल्ला प्रहरी प्रमुख डिएसपी योगेन्द्र थापाले
जानकारी दिए । घाइतेमध्ये सचिव भट्टलाई बढी चोट लागेको छ ।
बन्दको प्रतिकारमा हजार बढीको संख्यामा व्यापारी र
स्थानीयबासी सडकमा उत्रेका थिए ।
सुदूरपश्चिममा बन्दको प्रभाव शून्य
सुदूरपश्चिमका सबै जिल्लामा बन्दको प्रभाव परेको छैन ।
लामो दुरीका सवारी साधन कम
चलेपनि छोटो दूरीका सवारी साधन चलेका छन् ।
अछाममा बन्दको प्रभाव परेको छैन । सदरमुकाम मंगलसैन र
व्यापारिक केन्द्र साँफेबगरलगायतका बजार पूरै खुलेका छन् ।
सुदूरपश्चिमको क्षेत्रीय सदरमुकाम दिपायल
पनि पूर्णरुपमा खुलेको छ । बिहान बजार बन्द गराउन
आएका बन्दकर्तालाई व्यापारीले प्रतिकार गरेपछि भागेका थिए ।

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

SEARCH