गाडी जलेपछि परिवार र ऋणको चिन्ता
पोखरा : परिवार पाल्दै आएको गाडीमा बन्दकर्ताले
आगो लगाइदिएपछि एक मजदुरको परिवार बिचल्लीमा परेको छ ।
बन्दको अवज्ञा गरेको भन्दै धादिङको कल्लेरी–१ दलाङ घरभई
पोखरामा बस्दै आएका सुदीप नेपालीको गाडीमा बन्दकर्ताले
आगो झोसेपछि उनको गरीखाने बाटो टुटेको हो ।
गाडी जलेसँगै नेपालीलाई ऋण र परिवारको चिन्ताले पिरोलेको छ । ‘अन्य
बेलाजस्तै बिहान ६ बजेपछि मात्र बन्द हुने ठानेर पाँचै बजे
गाडी ग्यारेजमा लग्दैथिएँ’, नेपालीले भने, ‘सुरक्षाकर्मीले गाडी नलान
भनेपछि फर्काएर घर ल्याउँदै गर्दा पापीहरुले पेट्रोल छर्केर आगो झोसे
।’
पोखराको पस्याङमा उनको ग१ज २९५९
नम्बरको माइक्रो ट्याक्सीमा एक्कासी ६ जनाको समूहमा आएको समूले
ढुङ्गा बर्साएको थियो । गाडीमा नेपाली र उनका चालक दाजु वीरबहादुर
थिए ।
‘गाडीमा ढुंगा बर्साएपछि दुबैजना डराएर ओलर्नेबित्तिकै
बोत्तलमा रहेको पेट्रोल छर्केर मेरौ अाँखा अगाडि गाडीमा आगो झोसे’,
गाडी मालिक २७ वर्षीय सुदीपले भने’, ‘४ महिनाअघि ऋण काढेर २५
लाख रुपैयाँमा किनेको गाडी एकै छिनमा खरानी भयो ।’
गाडी जलेपछि उनीमाथि परिवार पाल्नुको चिन्ता एकातिर थपिएको छ भने
अर्कातिर बैंक र गाउँबाट काढेको ऋण तिर्ने चिन्ताले सुदीपको होस
उडाएको छ ।
‘पहिलेका बन्दमा बिहान ६ बजेबाटमात्र गाडी चल्दैनथिए ।
त्यही भ्रममा पर्दा यो आपत प¥यो’, उनले भने, ‘गरिबको गाडी जलाएर
उनीहरुले के पाए त ? बरु गाडीको चाबी खोसेको भए हुन्थ्यो । हामी गरिब
हाैं । यहाँ न हाम्रो घर छ न बाँच्ने अरु कुनै आधार ?’
१३ वर्षको उमेरदेखि यहाँ भारी बोकेर उनले संघषै थालेका थिए ।
त्यसपछि गाउँ गाउँमा बेसार बिक्रि गरे । पछिल्लो व्यवसाय
मसला उद्योग हो । त्यही मेहनतबाट कमाएको पाँच लाख रुपैयाँ उनीसँग
थियो ।
‘बैंकबाट ७ लाख र गाउँघरबाट ऋण लिएर गाडी किनेको थिएँ’, उनले भने,
‘महिनामा ४० हजार त ब्याज नै तिर्नुपर्छ । १४ जनाको परिवार पाल्ने
मेरै जिम्मा हो । बुवा अहिले पनि गाउँमा हलो जोत्दै हुनुहुन्छ ।’
Blogger Comment
Facebook Comment